काठमाडौं । अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब एलए ग्यालेक्सीले मिडफिल्डर रिकी पुजलाई अनुबन्ध गरेको छ ।
एलए ग्यालेक्सीले स्पेनिस मिडफिल्डरलाई बार्सिलोनाबाट अनुबन्ध गरेको हो ।
२२ वर्षे पुजले एलए ग्यालेक्सीसँग साढे तीन वर्षको सम्झौता गरेका छन् ।

मिडफिल्डर पुज २०१३ मा बार्सिलोनाको एकेडेमीमा भर्ना भएका थिए ।
उनले २०१८ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
बार्सिलोनाको सिनियर टोलीका लागि उनले ५७ खेलमा २ गोल गरेका छन् ।