काठमाडौं । एभर्टनका फरवार्ड डोमिनिक काल्भर्ट लेविनले प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेल गुमाउने भएका छन् ।
चोटको कारण उनले सिजनको पहिलो खेल गुमाउने भएका हुन् । अभ्यास दौरान उनलाई ‘फ्रिक’ इन्जुरी भएको बताईएको छ ।
एभर्टनले सिजनको पहिलो खेलमा शनिबार चेल्सीसँग खेल्नेछ ।
२५ वर्षीय फरवार्ड चोटकै कारण गत सिजन ४ महिना बाहिर रहेका थिए ।
इंग्ल्यान्डका फरवार्डले गत सिजन १८ खेलमा ५ गोल गरेका थिए ।