सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतविरुद्ध नेपाल : किन हुन्छ विशेष ?

शनिबार, १४ श्रावण २०७९हेम राज हमाल
भारतविरुद्ध नेपाल : किन हुन्छ विशेष ?
Loading ad...
mustang rice ad

भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत‌ अत्यन्तै महत्वपूर्ण खेलमा दुई चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारतबीच आइतबार प्रतिस्पर्धा हुँदैछ । कालिंगा रंगशालामा हुने नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

भारत प्रतियोगिताको साविक विजेता हो भने  नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो । त्यसैले यी दुई टोली एकआपसमा भिड्दा ठुलो प्रतिस्पर्धा हुने निश्चित छ ।‌

साफको जुनसुकै स्तरको खेल किन नहोस् नेपाल र भारत‌ इतिहास देखिनै सदाबहार प्रतिद्वन्द्वी हुन् । नेपालमा जो कोही फुटबल समर्थकलाई सोध्ने हो भने पनि उनीहरु आफ्नो टोलीले बस्‌ भारतलाई पराजित गरोस् भन्ने चाहन्छन् । नेपाली समर्थकलाई अरु हारले केही फरक नपर्ला तर भारतसँगको हार सह्य हुँदैन । नेपाली टोली चाहे जुनै उमेर समूहको किन नहोस् भारतविरुद्ध उत्रिदा जहिल्यै अतिरिक्त शक्ति सहित उत्रिन्छ ।

उता भारतको अवस्था पनि फरक छैन । जुनसुकै स्तरको खेल होस् यदि प्रतिद्वन्द्वी नेपाल छ भने उनीहरु  सतर्क रहने गर्छन् । पछिल्ला केही वर्षयता नेपाली फुटबलले भारतविरुद्ध सफलता हात पार्न सकेको छैन तर यसको असर यी दुईबीच हुने कडा टक्करमा परेको छैन । पछिल्लो समय बंगलादेशले हरेक स्तरमा भारतलाई राम्रो चुनौती दिइरहेको छ । तर भारतले नेपाललाई आफ्नो सदावहार प्रतिद्वन्द्वी स्विकार्छ । उनीहरुले राम्ररी बुझेका छन् नेपालले दुई प्रकारको फुटबल खेल्छ । एक जो सामान्यतया अन्य टोलीविरुद्ध खेल्छ र एक जो भारतविरुद्ध खेल्ने गर्छ ।‌

भौगोलिक, सामाजिक तथा सांस्कृतिक रुपमा धेरै समानता बाँड्ने यी दुई छिमेकी फुटबलको सवालमा भने किन यति आक्रामक हुन्छन् त ? साफ मात्र होइन, फुटबल मात्र होइन, समग्र खेलकुदमै जब नेपाल र भारतबीच प्रतिस्पर्धाको‌ कुरा आउँछ त्यो 'इन्टेन्स राईभलरी' कसरी उत्पन्न हुन्छ ?

May be an image of 7 people, people standing, people playing sports and grass

भुवनेश्वरस्थित जगन्नाथ स्पोर्टस एन्ड साइन्स इन्स्टिच्युटका प्रोफेसर डाक्टर विरु‌ पटनायक यसको मुख्य कारण भनेको वर्चश्वलाई मान्छन् । तर फरक फरक‌ कोणबाट यसलाई बुझ्नुपर्ने हुछ । उनी भन्छन्, 'नेपाल र भारत वैदिक सनातन राष्ट्र हुन् । सबै किसिमको समानता दुवै राष्ट्रले खोज्छन् । भुगोलमा नेपाल सानो भएपनि नेपालको इतिहासमा जुन गर्व नेपालीले गर्छन् त्यो बिशाल छ । त्यसैले खेलकुदमा पनि त्यही भारत समान नै परिचय नेपालको‌ हुनुपर्छ भन्ने मान्यता उनीहरुको छ ।‌'

'अर्को दक्षिण एसियाली क्षेत्रमा नेपालले प्राप्त गर्न सक्ने धेरै सफलता भारतको‌ कारणले उनीहरुले प्राप्त गर्न सकेका छैनन् ।‌ जस्तो खेलकुदमा पनि यस क्षेत्रमा भारतलाई बराबरको हैसियतमा टक्कर नेपाली खेलाडीले मात्र दिदै आएका छन् । अधिकांश खेलमा दोश्रो स्थानमा चित्त बुझाउन  उनीहरुको आत्मसम्मानले दिदैन । यसको प्रतिशोध लिन उनीहरु सधै प्रयास गर्छन्,' पटनायक भन्छन् ।

पटनायकका अनुसार नेपाल र भारतबीच प्रतिद्वन्द्वी बढ्नुको‌ अर्को‌ कारण राजनिति हो । भारतले नेपाललाई राजनीतिक बन्धनमा बाँधीराखेको छ । नेपालीलाई यो पटक्कै मन पर्दैन । बिगतमा नाकाबन्दीसम्म प्रत्यक्ष आफैले भोगेको नमिठो स्मरण उनीहरुसँग छ ‌। त्यसैले भारतप्रतिको असन्तुष्टि आम नेपालीमा छ ।

'खेलकुदमा गरिने लगानीमा आकाश पाताल फरक छ । भौतिक पूर्वाधार तथा सेवा सुविधामा भारत निकै माथि छ । यो वास्तविकता हो । हामी १५० करोड जनताबाट उत्कृष्ट ११ छान्छौँ ।‌ तर यी कुराले नेपाल र नेपालीलाई कुनै फरक पार्दैन उनीहरु बस् भारतलाई नेपालले पराजित गरेको हेर्न चाहन्छन्,' पटनायक थप्छन् ।

May be an image of 6 people and people standing

सन् २०१७ यता कुनैपनि स्तरमा नेपाली टोलीले भारतलाई पराजित गर्न सकेको छैन ।‌ यसबाट नेपाली फुटबल समर्थक निराश त पक्कै छन् ।‌ उनीहरुलाई च्याम्पियनसिप भन्दा बढी महत्व भारतमाथि जित हासिल गर्नु हो । नेपालले सबैभन्दा ठूलो पीडा सिनियर साफमा भर्खरै पाएको थियो । जहाँ पहिलो पटक साफको फाइनलमा भारतसँग पराजित भएपछि साफ च्याम्पियन बन्ने नेपालको सपना अधुरै रह्यो ।

पछिल्लो समय नेपाली टोलीलाई भारतविरुद्ध मिलेको असफलतामा यहि अपेक्षा कारण त बनिरहेको छैन ?

नेपाली फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ भन्छन्, 'त्यो एउटा कारण अवश्य हो तर सबै होइन । नेपाल र भारतको खेलको दबाब  नेपाली खेलाडीमा हुन्छ । त्यो स्वभाविक पनि हो । किनकी यो 'राइभलरी' को ईतिहास हेर्दा धेरै बलियो छ । बिगतमा भारतविरुद्धको जित कति महत्वपूर्ण हुन्थ्यो हामी सबैसँग त्यसको अनुभव छ । खेलको‌ वातावरणनै यस्तो हुन्छ कि यहाँ राष्ट्रियता, स्वभिमान सबै जोडिएको हुन्छ । त्यसैले भारतलाई जित्नैपर्छ र सारा देशलाई खुसी पार्नुपर्छ भन्ने मानसिकता खेलाडीको‌ पनि हुन्छ । यही अवस्थामा खेलाडीले अतिरिक्त दवाव आफुमा लिन्छ । त्यो आवश्यक हुँदैन । भारत पनि अन्य टोलीजस्तै सामान्य हो । हामीले धेरै पटक जितेको टोली हो । फुटबल मैदानमा उत्रिसकेपछि कुन टोली सानो कुन टोली ठुलो छुट्याउन समयनै हुँदैन । राम्रो फुटबल खेल्ने र जित्ने ।'

अनिलले राखेको धारणा एकदमै जायज छ । नाकाबन्दी पछिको राजनितिक उतारचढावले प्रत्यक्ष असर खेलमा समेत पारेको छ । यसले समर्थकलाई मात्र होइन खेलाडीलाई समेत भारतलाई जित्नैपर्ने मानसिकता बोकाइदिएको छ ।

तर, मन, भावना, विचार फुटबलमा भावनात्मक पाटो हुन सक्लान् तर फुटबल तथ्यमा पनि खेलिन्छ ।‌ र यथार्थ आजको दिनसम्म तितो छ । भारतविरुद्ध मिलेको असफलतामा रोदन गर्नु आवश्यक छैन। किनकी भारतले फुटबलमा जुन महत्वकांक्षा राखेर अगाडि बढ्यो त्यसको नतिजा नेपाललाई पछाडि छोड्नु मात्र होईन अँझै बृहत छ।‌

कालिंगामा नेपाली युवा टोली भारतविरुद्ध  उत्रदा सिधा लक्ष्य सहित उत्रने छ । जित र फाइनल । भारतलाई जित्न यो टोली समक्ष छ ।‌ तर त्यसको लागि आफ्नो मेहनतलाई‌ मैदानमा दोब्बर पार्नुपर्छ । अंक तालिकाको समिकरणले नेपाललाई फाइनल  प्रवेशको‌ लागि बराबरी मात्र गरे पुग्ने भए तापनि नेपाली टोलीले शतप्रतिशत जित खोजेको छ ।‌

प्रशिक्षक मेघराज केसी, सहायक प्रशिक्षक बाल गोपाल साहुखल, गोलकिपर प्रशिक्षक उज्वल मानन्धर, फिजियो लोकेन्द्र कुँवर र टिम म्यानेजर दिवाकर घले ठुलो खेल अघि दबाब मुक्त देखिन्छन् ।

सामान्यतया भारतविरुद्ध अलि धेरै मेहनत आवश्यकता हुन्छ दबाब त कसले कति लिन्छ भन्ने फरक कुरा हो ।

'हामी अन्य विकल्पमा सोचिरहेका छैनौँ । हामीले शतप्रतिशत जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्य राख्ने छौँ । भारत बलियो टोली हो । घरेलु रंगशालामा दर्शकको राम्रो साथ उसले पाउनेछ । नेपाललाई ठुलो चुनौती छ । तर हामी हाम्रो मेहनतमा विश्वास गर्छौँ । हाम्रो लागि सबै सम्भव छ,' टिम मिटिङमा सबैको भनाई एकै थियो ।

Loading ad...
LiNing Ad
भारतविरुद्ध नेपाल : किन छ विशेष ?

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

प्रभावशाली लयमा फर्किएको बायर्न

प्रभावशाली लयमा फर्किएको बायर्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

इन्टरले जित्यो २१औंपल्ट सिरी ‘ए’

 फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

फेरि च्याम्पियन्स लिगमा फर्कियो युनाइटेड

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

बार्सिलोना लगातार छैटौंपल्ट च्याम्पियन्स लिगको फाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

आर्मीलाई हराउँदै पुलिसले जित्यो पोखरा गोल्डकप

 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल