कोट्जरले लिए टी-ट्वान्टीबाट सन्यास
बिहिबार, साउन ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्कटल्याण्डका पूर्व कप्तान काइल कोट्जरले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
स्कटल्याण्ड क्रिकेट बोर्डले कोट्जरले सन्यास लिएको पुष्टि गरेको छ ।
३८ वर्षीय ब्याट्सम्यान कोट्जरले परिवारलाई समय दिन टी-ट्वान्टीबाट सन्यास लिएको बताएका छन् ।
गत महिना अमेरिका भ्रमण दौरान कोट्जरले कप्तानी छाडेका थिए ।
२००३ मा स्कटल्याण्ड टोलीमा डेब्यु गरेका कोट्जरले २००८ मा आयरल्याण्डविरुद्ध टी-ट्वान्टी आईमा डेब्यु गरेका थिए।
उनले ७० टी-ट्वान्टी आई खेलमा १ हजार ४ सय ९५ रन बनाएका छन् ।
कोट्जरले लिए टी-ट्वान्टीबाट सन्यास









-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

