एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा डेनमार्कले वेल्सलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा डेनमार्कले वेल्सलाई २ - १ ले हराएको हो ।
डेनमार्कले वेल्सलाई उसैको मैदानमा हराएको हो । डेनमार्कलाई जित दिलाउन निकोलाई जोएर्गेनसेन र मार्टिन ब्रेइथवैटले एक एक गोल गरे । वेल्सका ग्यारेथ बेलले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् ।

घरेलु टोलीविरुद्ध खेलको ४२ औं मिनेटमा जोएर्गेनसेनले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ८८ औं मिनेटमा ब्रेइथवैटले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए ।
खेलको ८९ औं मिनेटमा वेल्सका बेलले गोल गर्दै खेल २ - १ को स्थितिमा ल्याए । त्यसपछि वेल्सले थप गोल गर्न सकेन र खेल डेनमार्कले २ - १ ले आफ्नो बनायो ।
जितसंगै लिग 'बि' समूह ४ को डेनमार्क शीर्ष स्थानमा उक्लिएको छ । डेनमार्कले ३ खेलबाट ७ अंक जोडेको छ । वेल्स ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
यस समूहमा आइसल्याण्ड १ अंक जोडेर पुछारमा छ ।