बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कप्तानको विषय गिजोल्दै एन्फा

सोमबार, २३ असार २०८२सन्ध्या ढुंगाना
कप्तानको विषय गिजोल्दै एन्फा
Loading ad...
mustang rice ad

काठमाडौं। लाओसमाथि ९–० को जित निकाल्दै एएफसी महिला एसियन कप छनोट २०२६ मा सुखद् सुरुआत गर्दा गोल पोस्टमा अञ्जना रानामगर थिइन्। 

प्रतियोगिताकै कमजोर टोली भएको कारण उनलाई कुनै प्रहार रोक्नुपर्ने अवस्था नै सिर्जना भएन। त्यसैले होला उनी आराममा देखिइन्। अर्को खेलमा नेपालले श्रीलंकाविरुद्ध ८–० को जित निकाल्दा पनि अञ्जनाले नै सुरुआती ११ मा स्थान बनाइन्।

कमजोर टोलीसँग खेल्दा यसअघि पनि नेपाली प्रशिक्षकको रोजाईमा अञ्जना नै पर्थिन्। त्यसैले सबैलाई लागेको थियो उज्बेकिस्तानजस्तो बलियो टोलीसँग खेल्दा नियमित गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा नै पोस्टमा फर्किइन्छिन्। 

तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरुआती ११ सार्वजनिक गर्‍यो तब दुई खेलका सफलता रम्नेभन्दा धेरै प्रशिक्षक प्याट्रिक डी वाइल्डेको रणनीतिमा प्रश्न उठाउने भए। आखिर किन युरोपेली लिगको समेत अनुभव बटुलिसकेकी अञ्जिलालाई खेलाइएन?

अञ्जिलाले पछिल्लो तीन वर्षदेखि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानी सम्हाल्दै आएकी थिइन्। उनको आत्मविश्वास र अनुभव टिमको मेरुदण्डजस्तै थियो। तर, यो प्रतियोगिताभर उनी बेञ्चमा रहिन्।

तीनवटा खेल सकिए। तर, उनलाई मैदानमा उतारिएन। कप्तानी जिम्मेवारी पनि सावित्रा भण्डारी ‘साम्बा’लाई दिइयो। आखिर किन त? एन्फा महासचिव किरण राई यो विषय सामान्य लिन्छन्। भन्छन्, ‘उनी प्लेइङ ११ मा नपरेपछि उपकप्तानलाई कप्तानी जिम्मेवारी दिइएको हो।’

तर, यो त प्राविधिक उत्तर भयो। त्यसमा अञ्जिलाई खेलाउन नपर्ने कारण उल्लेख थिएन। अर्कोतर्फ अञ्जानले उनीभन्दा उत्कृष्ट प्रदर्शन देखाएको पनि होइन। उनले त कमजोर विपक्षी हुँदा हाइसन्चो पाएकी हुन्। 

नेपालले तेस्रो खेल उज्बेकिस्तानसँग खेल्दा अञ्जिला बेञ्चमै थिइन्। जित्नैपर्ने अन्तिम खेलमा अञ्जनाको वास्तविक क्षमता देखियो। दोस्रो मिनेटदेखि नै उनले गोल खान थालिन्। 

११औं मिनेटमा नेपाल २–० ले पछाडि परिसकेको थियो। तर, निशा ठोकरको स्थानमा प्रीति राईलाई मैदान पठाउँदा प्रशिक्षक प्याट्रिकले अञ्जिलाको अभाव र अञ्जनाको गल्ती महसुस नै गरेनन्। 

धन्न सावित्रा थिइन् र नेपालले पुनरागमन गर्दै निर्धारित समयमा खेल ३–३ मा सक्यो। तर, पेनाल्टी सुटआटमा समेत अञ्जना चुकिन् र नेपालले २६ वर्षपछि एसियन कपमा फर्किने अवसर गुमायो। योसँगै ओलम्पिक र फिफा विश्वकप खेल्ने मौकासमेत खोसियो। 

अञ्जिलाको अनुपस्थितिले धेरै कुरा प्रस्ट पार्छ। टिममा अब परिवर्तन भइरहन्छ। ‘स्टारडम’ भएका खेलाडी पनि बेन्चमा बस्न सक्छन्। तर, अञ्जिलाजस्तो सिनियर खेलाडी टोली र कप्तानी जिम्मेवारीमा फर्किन्छन् त? अनि सावित्रा नै अबको नेपाली टोलीकी कप्तान हुन् त?

यो विषयमा अझै अन्यौलता छ। यता जिम्मेवार निकायमा बसेका महासचिव राई पनि यसको जवाफ प्रस्ट रूपमा दिन चाहँदैनन्। उनी त यो विषयलाई अझै गिजोल्ने मुडमा देखिन्छन्। भन्छन्, ‘हामी टिम र प्रशिक्षकसँग छलफल गरेर कप्तान को भन्नेबारे निर्णय लिन्छौं।’ समयअनुसार जिम्मेवारी फेरिनु सामान्य हो। तर, जिम्मेवारी फेरिएको वा नफेरिएको स्पष्ट जानकारी नदिनु चाहिँ गुम्राहमा राख्न हो। जुन एन्फाले गरिरहेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा