काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले एक खेल अगाबै जितेको छ ।
बुधबार राति भएको तेस्रो एकदिवसीयमा ९ विकेटको जित निकाल्दै पाहुना टोली बंगलादेशले सिरिज आफ्नो बनाएको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ९ रनको लक्ष्य बंगलादेशले २० ओभर ४ बलमा १ विकेटको नोक्सानीमा पूरा गर्यो ।
बंगलादेशका कप्तान तमिम ईकवालले अविजित रहदै ५० रनको अर्धशतकिय ईनिङ खेले ।
लिन्टन दास ३१ रनमा अविजित रहे ।
घरेलु टोलीका लागि गुडाकेशा मोटाईले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ३५ ओभरमा अलआउट हुँदै १ सय ८ रन बनाएको थियो ।
उसका किमो पाउलले अविजित रहदै २५ रन बनाए । साई होपले १८, केली मेयर्सले १७, रोभमेन पावेलले १३ रब्राण्डन किङले ११ बनाए।
उसका ६ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बंगलादेशका मेहदी हसन मिराजले ४ विकेट लिए । नासुम अहमेदले ३ विकेट हात पारे ।
यस जितसँगै तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा बंगलादेश २-० ले अघि रहेको छ । पहिलो एकदिवसीय बंगलादेशले ६ विकेटले जितेको थियो ।
तेस्रो तथा अन्तिम एकदिवसीय शनिबार हुनेछ ।