• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
गोल्डेन बुटका पाँच दाबेदार, जसले रोनाल्डोको अधिपत्य तोड्न सक्छन् च्याम्पियन्स लिग
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक ३०, २०७५ खेलपाटी संवाददाता
गोल्डेन बुटका पाँच दाबेदार, जसले रोनाल्डोको अधिपत्य तोड्न सक्छन्

एजेन्सी । क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता हो -च्याम्पियन्स लिग । युरोपियन राष्ट्रका लिग च्याम्पियन क्लबहरुले खेल्ने च्याम्पियन्स लिग हरेक सिजन रोमान्चक हुने गर्छ ।

च्याम्पियन्स लिगमा यस सिजन पनि रोमान्चक खेलहरु जारी छ । र, खेलाडी तथा क्लबहरु आफुलाई प्रमाणित गर्न लागिपरेका छन् ।

च्याम्पियन्स लिगमा उपाधि पछि खेलाडीहरुबीच एक गज्जबको प्रतिस्पर्धा हुने गर्छ । त्यो हो – गोल्डेन बुट ।

च्याम्पियन्स लिगमा गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाडीले पाउने गर्दछ । त्यसैले क्लबका स्ट्राइकरहरु आफ्नो जादुमय खेल र गोल गर्नमा लागि परिसकेका छन् ।

यस सिजन च्याम्पियन्स लिगको पहिलो खेलबाटै गोल्डेन बुटको दौड सुरु भईसकेको छ । कतिपय स्ट्राइकरहरुले क्लबका गोल समेत गरिसकेका छन् ।

गत सिजन इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका थिए । स्पेनिस क्लब रियल मड्रिडमा रहदा रोनाल्डोले १५ गोल गर्दै गोल्डेन बुट आफ्नो पोल्टामा पारेका थिए ।

रोनाल्डोले पछिल्लो ६ सिजन च्याम्पियन्स लिगको गोल्डेन बुटमा आफ्नो अधिपत्य कायम राखिरहेका छन् । यस सिजन पनि रोनाल्डोलाई गोल्डेन बुटको दाबेदार मानिएको छ ।

तर, यस सिजन रोनाल्डोले चार खेल सकिदा मात्र दुई गोल गर्न सफल छन् । अघिल्ला सिजन जस्तो रोनाल्डोले आफ्नो जादुमय खेल पस्कन सकेका छैनन् ।

त्यसैले यस सिजन रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जित्ने खेलाडीहरुको चर्चा सुरु भईसकेको छ । विभिन्न अन्तर्राष्ट्रिय खेल समचार संस्थाहरुले रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जित्ने पाँच सम्भावित खेलाडीको सुची तयार गरिसकेको छ ।   

यस सिजन रोनाल्डोलाई स्तब्ध पार्दै गोल्डेन बुट जित्ने सम्भावित पाँच खेलाडीहरु कस्ता छन् ? किन उनीहरुले गोल्डेन बुट जित्न सक्छन ?

हेर्नुहोस् - गोल्डेन बुट जित्न सक्ने सम्भावित पाँच खेलाडीको नालीबेली ।

५. नेयमार

The Brazilian has started the campaign on a brilliant note

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेयमार प्रतिभाशाली स्ट्राइकर हुन् । र, यस सिजनको च्याम्पियन्स लिगमा रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जित्ने सम्भावित खेलाडी हुन् ।

ब्राजिलियन स्ट्राइकर नेयमारले यस सिजन जादुमय खेल प्रदर्शन गरिरहेका छन् । बिपक्षिको गोल पोष्टमा नेयमार सधै हाबी हुने गर्छन् । प्राबिधिक पक्ष र स्किलमा नेयमार माहिर मानिन्छन् ।

यस सिजनको चार खेल सकिदा नेयमारले तीन गोल गर्दै गोल्डेन बुटको दाबेदार रहेको प्रमाणित गरिसकेका छन् । उको प्रदर्शन हेर्दा उनले अझै धेरै गोल गर्ने सम्भावना रहेको छ । नेयमारले आफ्नो जादुमय प्रदर्शन र गोललाई निरन्तरता दिए गोल्डेन बुट जित्न सक्ने छन् ।

४. पाउलो डिबाला

The Argentine could beat his teammate to the coveted prize

यस सिजन लुका मोड्रिच, केलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान र मोहमद सलाहले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यसैले उनीहरुले विश्वकै उत्कृष्ट खेलाडी लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डोलाई पछाडी पारिसकेका छन् ।

यस्तोमा अर्जेन्टिनाका डिबालालाई पनि गोल्डेन बुटको मुख्य दाबेदार मानिएको छ । उनले आफ्नै टोलीका फरवार्ड रोनाल्डोलाई पछि पार्न सक्ने सम्भावना रहेको छ ।

डिबालाले यस सिजन च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले युभेन्ट्सका लागि २५८ मिनेट खेल्दै चार गोल गरिसकेका छन् ।

डिबाला र रोनाल्डो हाल एकै क्लबमा रहेका छन् । यदि डिबालाले रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जितेमा च्याम्पियन्स लिगको रौनकता थप रोमान्चक बन्नेछ ।

३. रोबर्टो लेवान्डोस्की

The Polish striker has been impressive in front of goal this term

जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिखले च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन् । वायर्नले आफ्नो क्षमता अनुसारको खेल पस्कन सकेको छैन् ।

तर, वायर्न तथा पोल्याण्डका स्ट्राइकर लेवान्डोस्कीले हार मानेका छैनन् । उनले च्याम्पियन्स लिगमा गोल गर्दे आफुलाई प्रमाणित गरिरहेका छन् । उनको प्रदर्शनले नै वायर्नले समूह 'ई' बाट दोस्रो चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

बोरुसिया डर्टमण्डका पुर्व खेलाडी लेवान्डोस्कीले यस सिजन चार खेल खेल्दै ४ गोल गरिसकेका छन् । त्यसैले यस सिजन उनलाई गोल्डेन बुटको दाबेदारको रुपमा हेरिएको छ । उनले रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जित्ने सम्भावना रहेको छ ।

 

२. इडेन डेज्को

Dzeko has continued with his stellar form in front of goal this term

 इटालियन क्लब रोमाका स्ट्राइकर डेज्को च्याम्पियन्स लिगमा यस सिजन गोल्डेन बुटका दाबेदार खेलाडी हुन् । किनकी उनले सिजनको सुरुवातबाटै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

गत सिजन रोमालाई सेमिफाइनलको यात्रा तय गराउन डेज्कोले १२ खेलमा ८ गोल गरेका थिए । यस सिजन पनि उनले आफ्नो गोल गर्ने कलालाई निरन्तरता दिएका छन् ।

डेज्कोले यस सिजन ४ खेलमा ५ गोल गरिसकेका छन् । त्यसैले उनले यस सिजन रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जित्ने सम्भावना रहेको बताईन्छ । तर, उनले पछिल्ला खेलमा कस्तो प्रदर्शन गर्छन त्यो हेर्न भने बाँकी छ ।

१. लियोनल मेस्सी

The Argentine is on track to defeat his counterpart for the Golden Shoe this term

अर्जेन्टिनाका मेस्सी च्याम्पियन्स लिगमा गोल्डेन बुटको उपाधिमा रोनाल्डोको अधिपत्य तोड्न सक्ने एक्लो खेलाडी हुन् ।

च्याम्पियन्स लिगको गोल्डेन बुटमा अधिपत्य जमाउनेमा रोनाल्डोपछिको खेलाडी मेस्सी नै पर्छन । मेस्सीले सन् २००९ देखि २०१२ सम्म लगातार चार पटक गोल्डेन बुट जितेका थिए । पछिल्लो ६ बर्ष यता भने रोनाल्डोले एकलौटी राज गरिरहेका छन् ।

मेस्सी र रोनाल्डो अहिलेको पुस्ताकै महान खेलाडी मानिन्छ । दुई खेलाडीबीच को उत्कृष्टको होड बाजी नै चल्ने गर्छन् । त्यसैले रोनाल्डो र मेस्सीले च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम स्थापित गर्न सफल भईसकेका छन् ।

यस सिजन रोनाल्डोको जादु चलेको छैन । तर, बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीले यस सिजन गोल्डेन बुटको दाबेदारी प्रस्तुत गरिसकेका छन् ।

मेस्सीले यस सिजन मात्र दुई खेल खेल्दै पाँच गोल गरिसकेका छन् । हातमा लागेको चोटका कारण मेस्सीले पछिल्ला दुई खेल भने खेल्न पाएका थिएनन् ।

हाल मेस्सी खेलमा फर्किसकेका छन् र बार्सिलोनाका लागि गोल समेत गरिसकेका छन् ।  त्यसैले यस सिजनको गोल्डेन बुटका मुख्य दाबेदार मेस्सी नै मानिएको छ । मेस्सीले नै रोनाल्डोको पछिल्लो ६ बर्षको अधिपत्य तोड्ने विश्वास गरिएको छ ।  

 

-एजेन्सीको सहयोगमा

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
श्रीलंकाविरुद्ध धर्वेन्द्रले गरे अर्को गोल
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP