नाडाल अन्तिम आठमा
मंगलबार, २१ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा सोमबार राति नेदरल्यान्ड्सका बोटिक भान डीलाई हराउँदै नाडालले क्वाटरफाइनलको यात्रा तय गरेका हुन्।
दोस्रो वरियताका नाडालले बोटिकमाथि ६-४,६-२ र ७-६ (८-६) को सेटमा जित निकाले ।
३६ वर्षीय नाडालको यो ३ सय ९ औं ग्रान्डस्लाम जित हो ।
कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।
अब नाडालले अमेरिकाका टेलर फ्रिट्जसँग खेल्ने छन् ।
पुरुषतर्फ नै निक क्रिगोसले अन्तिम आठमा स्थान बनाएका छन् ।
नाडाल अन्तिम आठमा












-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)