हालेप क्वाटरफाइनलमा
सोमबार, २० असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । रोमानियाकी सिमोना हालेप विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।
सेन्टर कोर्टमा सोमबार राति स्पेनकी पाउला बाडोसालाई हराउँदै हालेपले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।
विश्व वरीयताको १६ औं स्थानकी रहेकी हालेपले चौंथो वरीयताकी पाउलालाई ६-१ र ६-२ को सेटमा पराजित गरिन् ।
अब हालेपले क्वाटरफाइनलमा अमेरिकी खेलाडी अमान्डा एनिसिमोभासँग खेल्ने छिन् ।
अमान्डाले हार्मोनी टानलाई ६-२ र ६-३ ले पराजित गरिन् ।
हालेप क्वाटरफाइनलमा






-1767335931387.jpeg&w=3840&q=75)


-1767840835858.webp&w=3840&q=75)






