कीर्तिपुर सेमिफाइनलमा
शुक्रबार, असार १७, २०७९खेलपाटी संवाददाता
काठमाडौं । कीर्तिपुर राष्ट्रव्यापी खेलकुद अन्तर्गत यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले बलर्स एकेडेमीलाई ७५–४९ ले पराजित गर्यो । कीर्तिपुरका इनाप महर्जनले १२ अंक जोडे ।
टाइम्सले मेरिलियोनलाई ८७–५१, विशाल मिलन केन्द्र (बीएमके) ले आईएसए नेपाललाई ७७–६० र रोयलले जेभियरलाई १०३–६० ले हराए ।
टाइम्सका विजेश तामाङले २१, बीएमकेका दिप्सन केसीले १९ तथा रोयलका निकेश रखाल मगरले २७ स्कोर गरे ।
कीर्तिपुर सेमिफाइनलमा








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


