बुधबार, २४ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

एन्फा निर्णयको गणेश थापाद्धारा बिरोध

शुक्रबार, १० असार २०७९खेलपाटी संवाददाता
एन्फा निर्णयको गणेश थापाद्धारा बिरोध
Classic Tech Internet Ad

काठमाडौं । विधान मिचेर नबिन पाँडेलाई अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गर्ने एन्फा निर्णयको विरोध भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले विधान विपरित नबिन पाँडेलाई अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको थियो । 

एन्फा विधानको धारा २४ मा गैर नेपाली नागरिकलाई एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन नसक्ने व्यवस्था गरेको छ । तर नेपाली मुलका जर्मन नागरिक पाँडेलाई एन्फाले विभागीय जिम्मेवारी सहित नियुक्त गरेर विधान विपरितको काम गरेको छ । 

पूर्व अध्यक्ष गणेश थापाले एन्फा बिधानको धारा २४ को ३ विपरित विदेशी नागरिकलाई अन्तराष्ट्रिय सम्बन्ध विभागमा गरिएको नियुक्ति गलत भएको बताए । उनले एन्फा विधानलाई प्रस्तुत गर्दै अवैधानिक रुपमा गरिएको निर्णय सच्चाउनुपर्नेमा जोड दिएका छन् । 

गणेश थापाकै सहयोगमा कर्माछिरिङ शेर्पालाई हराउँदै पंकजबिक्रम नेम्वाङ एन्फा निर्वाचनमा निर्वाचित भएका थिए । सुशासन र सामुहिक नेतृत्वको नारा सहित चुनाव लडेका नेम्वाङले पहिलो बैठकमा नै विधान विपरितको निर्णय गरेका हुन् । 

चुनावी अभियानमा पाँडे नेम्वाङको साथमा देखिएका थिए । तत्कालिन एन्फा अध्यक्ष गणेश थापादेखि कर्माछिरिङ शेर्पालाई एन्फा अध्यक्षमा पराजित गर्न पाँडेले चुनावमा ‘चलखेल’ गरेका थिए ।

‘चेन्ज एन्फा’ भन्दै फुटबल राजनीतिमा सक्रिय देखिने पाँडेले दोस्रो पटक अन्तराष्ट्रिय सम्बन्ध प्रमुखको नियुक्ति पाएका हुन् । अघिल्लो पटक थापालाई हराउन सहयोग गरेको भन्दै शेर्पाले पनि पाँडेलाई सोही नियुक्ति दिएका थिए । 

एन्फा डेलिगेट्सकै रुपमा विदेशी नागरिक पाँडेलाई फिफा बैठकमा सहभागी गराएपछि निवर्तमान अध्यक्ष शेर्पाको चर्को आलोचना भएको थियो । एन्फाका हरेक गतिविधिमा पाँडेको हस्तक्षप बढ्न थालेपछि शेर्पासँग उनको दुरी बढेको थियो । 

त्यसपछि जिम्मेवारीबाट राजीनामा दिदै उनी ‘चेन्ज शेर्पा’को नारा सहित नेम्वाङलाई अध्यक्ष बनाउने अभियानमा लागेका थिए । 

नेम्वाङलाई अध्यक्ष बनाउन सफल भएपछि एन्फाको नवनिर्वाचित नेतृत्वले उनलाई पुन अन्तराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गरेको छ । सुचना र एजेण्डा बिनै राखिएको पहिलो बैठकबाट महत्वपुर्ण निर्णय गरेका नेम्वाङले पाँडेलाई सो जिम्मेवारीबाट पुरस्कृत गरेका हुन् । 

एन्फाको हरेक चुनावी चलखेलमा सक्रिय हुने भएकाले कुनैपनि कार्यसमिति सदस्यले विधान विपरित पाँडेलाई निुयक्त गर्ने निर्णयको विरोध गर्ने आट गरेनन् । प्राय जर्मनमै रहने तथा फुटबलमा चलखेल गर्न नेपाल आइपुग्ने पाँडेलाई अन्तराष्ट्रिय सम्बन्ध प्रमुख नियुक्ति गर्ने एन्फा निर्णयको अहिले आएर विरोध भएको छ । 

थापाको विरोधमा समर्थन जनाउँदै एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले समेत हतारमा गलत निर्णय गर्नुभन्दा सोचेर, समय लिएर, सल्लाहमा सहि निर्णय लिनुपर्ने बताउँछन् । नेम्वाङलाई अध्यक्ष बनाउन समर्थन गरेका श्रेष्ठले गलत निर्णय सच्चाउन बुद्धिमानी हुने सुझाव दिएका छन् । 

No description available.

Bajaj Pulsar Motorcycle Ad
#एन्फा निर्णय

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
 तेस्रो एशेज टेस्ट खेल्ने अस्ट्रेलियाको टोली घोषणा

तेस्रो एशेज टेस्ट खेल्ने अस्ट्रेलियाको टोली घोषणा

४ मिनेटमै कमब्याक गरेको बार्सिलोना

४ मिनेटमै कमब्याक गरेको बार्सिलोना

लुम्बिनीलाई काठमान्डुसँग बदला लिने मौका

लुम्बिनीलाई काठमान्डुसँग बदला लिने मौका

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

एनकेएल नेक्स्टजेन उपत्यका छनोटमा भक्तपुर मोडर्न स्कुल च्याम्पियन

बदला लिँदै फाइनलमा सुदूरपश्चिम

बदला लिँदै फाइनलमा सुदूरपश्चिम

फेरि साम्बालाई खुट्टाको चोटको समस्या

फेरि साम्बालाई खुट्टाको चोटको समस्या

युनाइटेडको जितमा फर्नान्डेज चम्किए

युनाइटेडको जितमा फर्नान्डेज चम्किए

फाइनल पुग्न सुदूरपश्चिम र विराटनगर भिड्दै

फाइनल पुग्न सुदूरपश्चिम र विराटनगर भिड्दै