काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज मिडफिल्डर बेर्नार्डो सिल्भा अनुबन्धका लागि तयारी थालेको छ ।
म्यानचेस्टर सिटीका सिल्भालाई अनुबन्धको लागि बार्सिलोनाले तयारी गरिरहेको मुन्डो डिपोर्टिभोले जनाएको छ ।
पछिल्लो समयमा उनी सिटीका लागि प्रभावशाली रहदै आएका छन् ।
सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
जसको कारण बार्सिलोनाले उनीमाथि नजर लगाएको हो ।
सिटीले सिल्भा अनुबन्धका लागि १०० मिलियन युरो मागेको मार्काले जनाएको छ ।
२७ वर्षीय मिडफिल्डर २०१७ मा मोनाकोबाट सिटी आएका थिए ।
सिटीका लागि उनले १ सय ६६ खेलमा २९ गोल गरिसकेका छन् ।