बिहिबार, १४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

जति बढी उमेर उति बढी सफलता ?

सोमबार, ०६ असार २०७९खेलपाटी संवाददाता
जति बढी उमेर उति बढी सफलता ?
Loading ad...
mustang rice ad

काठमाडौं ।  सन् २०२२ ले एउटा तथ्य स्पष्ट भन्न चाहेको छ, खेलकुदमा उमेर नै सबथोक होइन् । अथवा भनौं, बढ्दो उमेर कुनै समस्या होइन् । केही पाका खेलाडीले देखाएका छन्, जति बढी उमेर भएको छ, सफलता पनि उति बढी प्राप्त भएको छ । धेरै के मान्छन् भने ३० वर्षपछि खेलाडीको प्रदर्शनमा ओरालो लाग्छ । सायद ३५ वर्षपछि त खेलाडी पक्कै पनि त्यस्तो हुन्न, जस्तो पहिला थियो । सायद के पनि हो भने यसमा सत्यता छैन्, यसलाई दाबीका रूपमा प्रस्तुत गर्न अनेक उदाहरण छन् ।

पछिल्लो समय टेनिसमा राफेल नाडालले धमाका मच्चाइरहेका छन्, त्यस्तै स्थिति बास्टेबलमा स्टेफन करीको छ । करी आफ्ना सबै आलोचकलाई स्तब्ध पार्दै मज्जाले खेलिरहेका छन् । अमेरिकी फुटबलका टम ब्राडी यस्तै खेलाडी हुन्, जसलाई बढ्दो उमेर छुन पनि सकेको छैन् । उनी त ४४ वर्षका भए र यो खेलमा यति धेरै सक्रिय छन् कि उनको एक मात्र उद्देश्य भनेको उपाधि जित्नु रहेको छ । यस्तोमा सबैको ध्यान लियानेल मेसीमा केन्द्रित हुन सक्ने छ ।

Why Rafael Nadal will win the 2022 French Open after defeating Novak  Djokovic | Sporting News

प्रश्न हो, के यी अर्जेन्टिनी खेलाडीले अबको विश्वकप जित्ने छन् त ? विश्व फुटबलले पाएका एक महान खेलाडी पछिल्लो समय फेरि लयमा फर्केका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि उनको खेल ठीकै मात्र रह्यो, तर आफ्नो देशको जर्सि लगाएपछि उनको प्रदर्शन अचेल अर्कै स्तरको हुन लागेको छ । कोही खेलाडी ३० अथवा ४० वर्ष नाघिसकेपछि पनि उत्तिकै समान स्तरले प्रदर्शन गरिरहन सक्नु पछाडिको कारण के हुन सक्छ त ?

यो खेल वैज्ञानिकले गर्नु पर्ने अनुसन्धान नै हो । यसको एउटा उत्तर के हुन सक्छ भने यो उमेरका खेलाडीले आफूलाई स्वस्थ र फिट रहन धेरै मिहिनेत गरेका छन्, अनि आफ्नो मानसिक स्थिति पनि उत्तिकै दरिलो बनाउने कुनै उपाय छाडेका छैनन् । टेनिसका नाडाल जत्तिको राम्रो र सटिक उदारहण यस तथ्यमा अरू कुनै हुन सक्दैन् । साँच्चै विश्वास नहुन सक्छ, नाडालले भर्खरै भनौं, २२ औं कीर्तिमानी ग्रान्ड स्लाम जितेका छन् र अझै खेल्न जारी राखेका छन् ।

उनी ३६ वर्षका भए र उनले अहिले नै सन्यास लिनु पर्ने कुनै कारण देखिन्न । यी स्पेनी खेलाडी विश्व टेनिस इतिहासकै सर्वाधिक महान खेलाडी भइसकेका छन् । आधुनिक टेनिसमा तीन खेलाडीलाई सबैभन्दा बढी उच्च सम्मानको दृष्टिकोणले हेरिन्छ, र त्यसमा एक हुन्, यिनै नाडाल । अरू दुई रोजर फेडेरर र नोभाक जोकोभिच । फेडेरर र जोकोभिचलाई उछिनेर नाडालले केही दिन अगाडि फ्रेन्च ओपन जिते र आफूले जितेको ग्रान्ड स्लाम उपाधिको संख्या २२ पुर्‍याए ।

Copa America Bolivia vs Argentina Highlights: Record-breaking Messi guides  Argentina to 4-1 win over Bolivia - Sportstar

सन् २०२२ को अन्त्यतिर फुटबलको विश्वकप हुनेछ र त्यसमा सहभागी हुने एक प्रमुख खेलाडीमा पर्छन्, तिनै अर्जेन्टिनी मेसी । कतारमा हुने विश्वकपमा उपाधिका लागि सबैभन्दा बलियो दावेदार भनेकै अर्जेन्टिना हो, यसको प्रमुख कारण हो, यो दक्षिण अमेरिकी देशसँग मेसी छ । उनी कति राम्रा खेलाडी हुन्, यसमा कसले विवाद गर्न सक्छ । तर उनले विश्वकप भने जितिसकेका छैनन् । अब उनका सामु अन्तिम मौका छ, त्यो पनि ३५ वर्षको उमेरमा ।

के उनले पेले र डिएगो म्याराडोनाले जस्तै विश्वकपको ट्रफि उचाल्ने छन् त ?

–एजेन्सीहरूको सहयोगमा ।

Loading ad...
LiNing Ad
जति बढी उमेर उति बढी सफलता ?

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

दक्षिण अफ्रिकाको सेमिफाइनलको सम्भावना लगभग सुरक्षित

बागमतीमाथि पुलिसको अग्रता

बागमतीमाथि पुलिसको अग्रता

प्लानिङलाई एनआरटीले रोक्यो

प्लानिङलाई एनआरटीले रोक्यो

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

कमजोर टोलीमाथि पुलिसको गोल वर्षा

इटालीको ओज धानेको एटलान्टा

इटालीको ओज धानेको एटलान्टा

असफल युभेन्ट्स

असफल युभेन्ट्स

उपाधि रक्षामा फर्कियो पीएसजी

उपाधि रक्षामा फर्कियो पीएसजी

फेरि एकपटक नाचे भिनि !

फेरि एकपटक नाचे भिनि !