• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सिटी र पीएसजीले गर्दा युरोपेली फुटबल जोखिममा ?
खेलपाटी संवाददाता
शुक्रबार, असार ३, २०७९ खेलपाटी संवाददाता
सिटी र पीएसजीले गर्दा युरोपेली फुटबल जोखिममा ?

काठमाडौं ।  कुनै क्लबमाथि पूरा एउटा सिंगो देश नै पछाडि लाग्छ भने के होला ? अझ त्यो देश असाध्यै धनी छ भने ? धनी मात्र होइन्, उसको खुलेर खर्च गर्ने बानी र हैसियत दुवै छ भने ? इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) यसका दुई राम्रा उदाहरण हुन् । खर्च गर्ने मामिलामा यी दुई क्लबलाई छोइ नसक्नु छ । यी दुई क्लबमा मालिकलाई जति भन्यो त्यति खर्च गर्नलाई कुनै समस्या छैन् ।

यस्तोमा के सिटी र पीएसजीले गर्दा युरोपेली फुटबलमै जोखिममा छ त ? यी यस्ता हजार प्रश्न हुन्, जसको उत्तर खोज्न आवश्यक छ, नत्र सिटी र पीएसजी जस्ता क्लबले सबथोक जित्ने छन् र अरूको काम त्यसलाई बाध्य भएर टुलुटुलु हेर्नु मात्र हुनेछ । यो कोही एकको मात्र धारणा होइन्, सिंगो स्पेनी ला लिगाकै विचार हो । त्यसैले त ला लिगाले भर्खरै जसो युरोपेली फुटबल महासंघमा गुनासो पोखेको छ, यी दुई क्लबले अर्थको आचार संहिता उलंघन गरेका छन् भनेर ।

The day La Liga took on Man City & PSG: Spanish league files extraordinary  transfer complaint to UEFA | Goal.com UK

सिटीमा यूएईका सेख मनसुको लगानी छ भने पीएसजीमा कतारी अमिरहरूको । यसमै टिकेर आ–आफ्नो घरेलु फुटबलमा यी दुई क्लबले एकछत्र राज जस्तै गरेका छन् । सिटी प्रिमियर लिगको च्याम्पियन हो भने पीएसजी फ्रान्सेली लिग विजेता । ला लिगाका अध्यक्ष ज्याभिएर टेबासले भनेका छन्, ‘युरोपेली फुटबलमा सबैबीच सकेसम्म समान हैसियतको आवश्यकता हुन्छ ।’ त्यो भने एक प्रकारले ‘इको–सिस्टम’ हो, जहाँ एक क्लब अर्कोमा निर्भर हुन्छ ।

तर सिटी र पीएसजीलाई त कोही चाहन्न । टेबासले थपेका छन्, ‘अहिलेकै स्थिति हुने भने युरोपेली क्लब फुटबल धरासायी हुन सक्छ, अहिले नै ठूलो जोखिमको स्थिति छ । कुनै एक धनी देश एउटा सिंगो क्लबमै केन्द्रित हुन्छ भने बाँकी कसैले केही गर्न सक्दैन् । त्यसमा नियन्त्रण आवश्यक छ ।’ पछिल्लो समय यो मुद्दा किन पनि धेरैले उठाउन थालेका छन् भने रियल म्याड्रिडले किन्न चाहेर र केयलिन एमबापेले जान चाहेर पनि यो अनुबन्ध हुन सकेन् ।

The Nepali Post : Nepal's No 1 English News Portal | English News from  Nepal | Online News Portal News | LaLiga Complaint Against Manchester City  And PSG

पीएसजी आफ्ना विश्वकप विजेता फ्रान्सेली खेलाडीलाई अत्याधिक पैसाको लोभ देखाएर आफूकै राख्न सफल रह्यो । अन्तिम समयसम्म पनि एमबापे रियल जाने तय जस्तै देखिएको थियो, तर पैसाको थुप्रो अगाडि उनी पनि नतमस्तक जस्तै भए, पीएसजीलाई नाई नै भन्न सकेनन् । त्यसो त पीएसजीले अहिलेसम्म युरोपेली च्याम्पियन्स लिग त जित्न सकेको छैन्, तर फ्रान्सेली घरेलु फुटबलमा उसको अगाडि बाँकी सबै क्लब एक कोश पछाडि देख्न थालिसकेका छन् ।

यस्तोमा नयाँ फ्रान्सेली सिजन सुरु हुँदा पहिलो दिनमै लिग र कपको उपाधि पीएसजीलाई सुम्पिने हो भने पनि केही फरक पर्ने छैन्, किनभने सिजनको अन्त्यमा हुने त्यही त हो । यस्तै स्थिति कम्तीमा इंग्ल्यान्डमा छैन्, तर पनि लिगमा सिटीको वर्चश्व झन झन बढ्न थालेको छ । डर छ, अबको इंग्लिस सिजन उसलाई बराबरीको टक्कर दिन लिभरपुल, चेल्सी, टोटनहम, आर्सनल, म्यानचेस्टर युनाइटेड जस्ता पारम्परिक शक्तिलाई पनि गाह्रै छ ।

La Liga files complaint against PSG and Manchester City due to THIS reason  | Football News | Zee News

–एजेन्सीहरूको सहयोगमा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
छिरिङ अस्ट्रेलिया पलायन
छिरिङ अस्ट्रेलिया पलायन
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
बार्सिलोनाले टेर स्टेगनलाई पुनः टोलीको कप्तान बनायो
इजरायलले चलाएको गोली लागेर ‘प्यालेस्टिनी पेले’ को मृत्यु
इजरायलले चलाएको गोली लागेर ‘प्यालेस्टिनी पेले’ को मृत्यु
खुकुरी नेपालीज फुटबल प्रतियोगिता अगस्ट १६ देखि
खुकुरी नेपालीज फुटबल प्रतियोगिता अगस्ट १६ देखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
छिरिङ अस्ट्रेलिया पलायन
छिरिङ अस्ट्रेलिया पलायन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP