बेललाई कार्डिफको प्रस्ताव
शुक्रबार, असार ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कार्डिफ सिटीले वेल्सका फरवार्ड ग्यारेथ बेललाई अनुबन्धका लागि प्रस्ताव गरेको छ ।
च्याम्पियनसिप क्लब कार्डिफले बेललाई २ वर्षे सम्झौताका लागि प्रस्ताव गरेको हो ।
यस्तै कार्डिफ थप एक वर्ष सम्झौता नवीकरणका लागि बिकल्प समेत दिएको छ ।
स्पेनिस क्लब रियल मड्रिड छाडेका बेल कुनैपनि क्लबमा आबद्द भएका छैनन् । तर, उनी राम्रो क्लबको खोजीमा रहेका छन् ।
३२ वर्षीय बेलले ९ वर्ष रियलमा बिताएर हालै क्लब छाडेका हुन् ।
उनी सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएको थिए ।
उनले रियलका लागि २ सय ५८ खेलमा १ सय ६ गोल गर्नुका साथै ६७ गोलको अवसर सिर्जना गरेका छन् ।
बेललाई कार्डिफको प्रस्ताव







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




