• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
निर्वाचनमा होमियो भलिबल संघ 
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २७, २०७९ खेलपाटी संवाददाता
निर्वाचनमा होमियो भलिबल संघ 

काठमाडौं । नेपाल भलिबल संघ निर्वाचनमा होमिएको छ । नयाँ नेतृत्व चयनका लागि भलिबल संघ जिल्ला र प्रदेश निर्वाचनमा होमिएको हो । जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरेसँगै केन्द्रिय निर्वाचनको मिति तय गर्ने संघको तयारी छ । 

पोखरामा जेठ २१ गते सम्पन्न केन्द्रिय कमिटिको पूर्ण बैठकले जिल्ला र प्रदेशको निर्वाचन असार १०  गतेभित्र सक्ने निर्णय गरेको थियो । देश संघीय संरचनामा गैसकेपछि भलिबल संघको निर्वाचन पहिलो पटक हुन लागेको हो । 

संघको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल दुई वर्षअघिनै सकिएको थियो । तर १३ औं दक्षिण एसियाली खेलकुद र कोभिड महामारीका कारण संघको साधारण सभा हुन सकेन । खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि संघको निर्वाचन गर्न कानुनी रुपमै समस्या परेको थियो । 

गत हप्ता पोखरामा सम्पन्न केन्द्रिय कमिटिको पूर्ण बैठकले असार ७ भित्र जिल्ला र १० गतेभित्र प्रदेशको निर्वाचन सक्ने निर्णय गरेको थियो । सोही अनुसार जिल्ला र प्रदेशका लागि केन्द्रिय प्रतिनिधि तोकिएको थियो । प्रदेश नम्बर १ को संयोजकमा मदन खड्का, मधेश प्रदेशमा उपेन्द्र यादव, बागमतीमा कुमार राज सुबेदी, गण्डकीमा याम गुरुङ, लुम्बिनीमा निरोज मास्के, कर्णालीमा ऐनबहादुर शाही र सुदुरपश्चिममा हरक सिंह धामीलाई केन्द्रिय प्रतिनिधिको रुपमा संयोजक तोकिएको छ ।

प्रदेश संयोजक बनेका केन्द्रिय प्रतिनिधिहरु जिल्ला निर्वाचनको तयारीमा जुटेका छन् । जिल्ला निर्वाचन सकेर प्रदेशको निर्वाचन सक्ने केन्द्रिय प्रतिनिधिको तयारी छ ।

संघका सचिव मनवीर छन्तयालले केही दिनमै जिल्ला निर्वाचनको मिति सार्वजनीक गरिने खेलपाटीलाई बताए । 
‘असार ७ भित्र जिल्ला र १० गतेभित्र प्रदेशको निर्वाचन सक्ने गरि तयारी अघि बढेको छ । अधिकांश जिल्लाको साधारण सभाको मिति केही दिनमा सार्वजनीक हुनेछ ।’ उनले भने ।

भलिबल संघको जिल्ला र प्रदेश निर्वाचनका लागि आसन्न केन्द्रिय निर्वाचनसँग समेत जोडिएर हेरिएको छ । जिल्ला र प्रदेशबाट आउने प्रतिनिधिनै केन्द्रिय निर्वाचनमा सहभागी हुने भएकाले असार १० गतेभित्र केन्द्रिय निर्वाचनको प्रारम्भिक रुपरेखा देखिनेछ । 

आसन्न केन्द्रिय निर्वाचनमा वर्तमान उपाध्यक्ष निरोज मास्केले सार्वजनीक रुपमै नेतृत्वमा दाबी गरिसकेकी छिन् । संघको वर्तमान पदाधिकारीबाट पनि नयाँ नेतृत्वमा दाबी आउने सम्भावना छ । वर्तमान नेतृत्वको शारीरिक अस्वस्थता र निस्कृयताका कारण भलिबल संघमा नयाँ नेतृत्व आउने देखिन्छ । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP