मेदभेदेब र सित्सिपास बाहिरिए
मंगलबार, १७ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । रुसी खेलाडी डानिल मेदभेदेब फ्रेन्च ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएका छन् ।
सोमबार राति भएको खेल क्रोएसियाका मारिन सिलीचसँग पराजित हुँदै मेदभेदेब चौंथो चरणबाट बाहिरिएका हुन् ।
दोस्रो वरीयताका मेदभेदेबलाई मारिनले ६-२,६-३ र ६-२ ले पराजित गरे ।
यस्तै चौंथो वरीयताका स्टेफानोस सित्सिपास चौंथो चरणबाट बाहिरिएका छन् ।
ग्रीसका सित्सिपासलाई होल्गर रुनेले पराजित गरे ।
पहिलो पटक क्वाटरफाइनल पुग्ने क्रममा डेनमार्कका होल्गरले सित्सिपासलाई ७-५,३-६,६-३ र ६-४ ले पराजित गरे।
मेदभेदेब र सित्सिपास बाहिरिए










-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)

