नाडाल र जोकोभिच क्वाटरफाइनलमा
आइतबार, जेठ १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा आइतबार राति क्यानडाका फेलिक्स अगरलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले फेलिक्सलाई ३-६,६-३,६-२,३-६ र ६-३ को सेटमा हराए ।
क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।
अब नाडालले क्वाटरफाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिकसँग खेल्ने छन् ।
जोकोभिचले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ६-१,६-३ र ६-३ ले पराजित गरे ।
नाडाल र जोकोभिच क्वाटरफाइनलमा






1686853912-1760864621059.avif&w=3840&q=75)






copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


