नाडाल र जोकोभिच क्वाटरफाइनलमा
आइतबार, १५ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पेरिसमा आइतबार राति क्यानडाका फेलिक्स अगरलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले फेलिक्सलाई ३-६,६-३,६-२,३-६ र ६-३ को सेटमा हराए ।
क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।
अब नाडालले क्वाटरफाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिकसँग खेल्ने छन् ।
जोकोभिचले अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ६-१,६-३ र ६-३ ले पराजित गरे ।
नाडाल र जोकोभिच क्वाटरफाइनलमा










-1772072487017.webp&w=3840&q=75)
-1772071766108.webp&w=3840&q=75)
-1772071473722.webp&w=3840&q=75)
-1772070961895.webp&w=3840&q=75)

