नाडाल र जोकोभिच चौंथो चरणमा
शुक्रबार, जेठ १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा शुक्रबार राति नेदरल्यान्ड्सका बोटिच भान डी जन्ड्सचुल्पलाई हराउँदै नाडालले चौंथो चरणमा स्थान बनाएका हुन् ।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले बोटिचलाई ६-३,६-२ र ६-४ को सेटमा हराए ।
क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।
यस्तै विश्व नम्बर एक नोभाक जोकोभिक पनि चौंथो चरणमा पुगेका छन् ।
जोकोभिचले स्लोभानियाका अल्जाज बेडेनेलाई ६-३,६-३ र ६-२ ले पराजित गरे ।
नाडाल र जोकोभिच चौंथो चरणमा






1686853912-1760864621059.avif&w=3840&q=75)






copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


