काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
पेरिसमा बुधबार राति फ्रान्सका कोरेन्टिन माउटेटलाई हराउँदै नाडालले तेस्रो चरणमा स्थान बनाएका हुन् ।
कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले उनलाई ६-३,६-१ र ६-४ को सेटमा हराए ।
यस जितसँगै नाडालले ग्रान्डस्लाम टेनिसमा करियरको ३०० औं खेल जितेका छन् ।
फ्रेन्च ओपनको उनको यो १०७ औं जित हो । त्यसबाहेक उनले अष्ट्रेलियन ओपनमा ७६, विम्बल्डनमा ५३ र युएस ओपनमा ६४ जित निकालेका छन् ।
क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् ।
नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।
