काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको च्याम्पियन्स लिग फुटबलमा आफ्ना स्थान सुरक्षित गरेको छ।
ला लिगा अन्तर्गत शनिबार राति रियल बेटिसलाई २-१ ले हराउँदै बार्सिलोनाले लिगमा आफ्नो शीर्ष चारको स्थान पक्का गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।
बार्सिलोनालाई जित दिलाउन अन्सु फाती र जोर्डी अल्बाले एक एक गोल गरे ।

खेलको ७६ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
७९ औं मिनेटमा मार्क बार्ट्राले गोल गर्दै बेटिसलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा अल्बाले उत्कृष्ट भली गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
जितसँगै बार्सिलोनाले ३५ खेलमा ६९ अंक जोडेको छ ।
बार्सिलोना दोस्रो स्थानमा रहेको छ ।
बेटिस ५८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
