काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ ।
शनिबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले ४-० गोल अन्तरले हराएको हो ।
खेलको १५ औं मिनेटमा मोइसेसले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।
४९ औं मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर बनाए ।

खेलको ५७ औं मिनेटमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ३-० को अग्रता दिलाए । ।
त्यसपछि खेलको ६० औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई ४-० को जित दिलाए ।
जितसँगै ब्राइटनले ३६ खेल ४७ अंक जोडेको छ ।
ब्राइटन नवौं स्थानमा रहेको छ ।
युनाईटेड ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
