काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा चेल्सीले उल्भ्ससँग २-२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो ।
खेलको ५६ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए ।
खेलको ७९ औं मिनेटमा फ्रान्सिस्को ट्रीन्काओले गोल गर्दै उल्भ्सलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा कोनोर कोडीले गोल गर्दै उल्भ्सलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै चेल्सीले ३५ खेलमा ६७ अंक जोडेको छ ।
चेल्सी तेस्रो स्थानमा रहेको छ ।
उल्भ्स ५० अंक जोडेर आठौं स्थानमा रहेको छ ।