काठमाडौं । अमेरिकी बिलिनियर्स टोड बोहलीले प्रिमियर लिग क्लब चेल्सी किनेका छन् ।
बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी खरिद गरेको हो ।
चेल्सीले शनिबार एक विज्ञप्ति जारी गर्दै टोडको नेतृत्वमा रहेको कम्पनिले क्लब किनेको जनाएको छ ।
उनी एलए डजर्स बेसबल टोलीका सह-मालिक हुन् ।
चेल्सीले जारी गरेको विज्ञप्तिमा नयाँ मालिकले चेल्सीको शेयरका लागि २.५ विलियन तिर्नुपर्ने उल्लेख गरेको छ ।

चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले गत महिना क्लब बेच्ने घोषणा गरेका थिए ।
युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले रुसी नागरिकलाई प्रतिबन्ध गर्दै आईरहेको छ । जसको कारण उनले क्लब बेच्ने निर्णय गरेको हो ।
रोमनले २००४ मा चेल्सी किनेका थिए । तर, हालै उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ । उनी ईन्भेष्टर भिसामा बेलायत बस्दै आएका थिए ।