काठमाडौं । झापा फुटबल क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा पाँचौ जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार सानेपा क्लबलाई २-१ ले हराउँदै झापाले पाँचौं जित निकालेको हो ।
झापाको जितमा हरि बहादुर आले मगरले दुई गोल गरे ।
सानेपाका महेन्द्र शाही एक गोल फर्काए ।
जितसँगै झापाले ६ खेल १६ अंक जोडेको छ ।
झापा शीर्ष स्थानमा रहेको छ ।
सानेपाले ६ खेलमा १० अंक जोडेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।