शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

एन्फा चुनाव : 'सी'मा पंकज, 'बी'मा कर्मा बलियो 

मंगलबार, चैत २९, २०७८खेलपाटी संवाददाता
एन्फा चुनाव : 'सी'मा पंकज, 'बी'मा कर्मा बलियो 
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनको रौनक सुरु भएको छ । एन्फा केन्द्रिय कार्यसमितिको निर्वाचन प्रक्रिया सम्बन्धि कार्यक्रम अनुसार बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोट चैत २५ भित्र सम्पन्न भैसक्न पर्ने हो । तर प्रतिनिधि विवादका कारण बी र सी डिभिजनको निर्वाचन प्रक्रिया अबरुद्ध बनेको छ । वर्तमान कार्यसमितिकै पदाधिकारी मताधिकार सहितका प्रतिनिधि बनेर आएपछि विवाद उत्पन्न भएको हो ।

एन्फा पदाधिकारी विधान विपरित प्रतिनिधि बनेर आएको दाबी सहित उनीहरुको प्रतिनिधित्व खारेजीको माग गर्दै पुनरावेदन समितिमा उजुरी परेपछि सो उपर छलफल भैरहेको छ । पुनरावेदन समितिको निर्णय अनुसार निर्वाचन समितिले स्थगित गरिएको प्रक्रिया अघि बढाउने बताएको छ । 

‘निर्वाचन समितिमा उजुरी परेको भए यसको समाधान तत्काल निस्कने थियो । सिधै पुनरावेदनमा उजुरी परेकाले आएको निर्णय अनुसार प्रक्रिया अघि बढ्छ ।’ निर्वाचन समितिका संयोजक श्रीराम दवाडीले खेलपाटीसँग भने । 

एन्फाको आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्गले उम्मेदवारी दिने तयारी गरेका छन् । नेतृत्वका लागि दुवै पक्ष अहिलेदेखिनै आफ्ना पक्षका प्रतिनिधि ल्याउन कसरत गरिरहेका छन् । सी र बी डिभिजनको प्रतिनिधि छनोटको अघिल्लो रात दुवै पक्षले पक्षका क्लबलाई रिसोर्टमा राखेका थिए । दुवै पक्षको उद्धेश्य थियो, आफ्ना पक्षका प्रतिनिधि अर्को पक्षले नचोरुन् । सी र बीको प्रतिनिधि छनोटमै देखिएको रस्साकस्सीले एन्फाको आसन्न चुनाव कति पेचिलो बन्छ भनेर अनुमान लगाउन सकिन्छ । 

एन्फाको नेतृत्वमा आएदेखिनै आफ्नो पक्षमा माहोल बनाउन कर्माले सक्दो मेहनत गरेका थिए । फुटबलको निर्विकल्प नेताको रुपमा उनले आफुलाई स्थापित गर्न खोजेका थिए । तर परिवर्तनको जश र सत्ताको रसपानमा कर्माले एकलौटी गरेको आरोप लगाउँदै पंकज बिच्किएर फरक समुह बनाए । पंकज आफै बलिया हैनन् तर फुटबलको शक्ति संघर्षमा कर्मासँग सबथोक गुमाएका गणेश थापा पंकजको टेको बनेर उभिएका छन् । गणेश थापाको फुटबल सत्ता भत्काउन ‘मास्टरमाइन्ड’ कहलिएका नविन पाण्डे पंकजका पछि छन् । 

एक समय कर्मा समुह क्लबमा बलियो देखिन्थ्यो । तर प्रतिनिधि छनोटमा माहोल उल्टो देखिन्छ । सी र बीको प्रारम्भिक दृष्यमा पंकजले राम्रो पकड बनाएको देखिन्छ । सी डिभिजनमा पंकज समूह पुरै हाबी छ । सी डिभिजनको प्रतिनिधि छनोट हेर्दा अधिकांश क्लब पंकज समूहमा खुलेका छन् । सोही दृष्यबाट आत्तिएको संस्थापन पक्षले गत बिहिबारको चुनाव स्थगित गराउन भुमिका खेल्यो । सी डिभिजनमा १४ मध्य ९ वटा क्लब पंकज समूहमा खुलेर लागेपछि संस्थापन पक्षलाई ठुलो धक्का परेको छ । विगत चार वर्षदेखि सबैलाई मिलाएर राखेको दाबी गर्ने अध्यक्ष शेर्पाको अभिमत ‘बिलखबन्द’मा छ ।

अझै केही क्लबलाई सी डिभिजनबाट तान्ने प्रयास संस्थापन पक्षले जारी राखेको छ । सोमबार मात्र सी डिभिजनका ९ क्लबले लिगको तयारी खर्च र रोकिएको निर्वाचन प्रक्रिया अघि बढाउन एन्फामा निवेदन दर्ता गराए । त्यो निवेदनले सामान्य पत्रको मात्र संकेत गर्दैन, सी डिभिजनमा ९ क्लब कत्ति बलियोसँग उभिएका छन् भन्ने प्रस्ट गर्छ । चार वर्ष एन्फा चलाएर अध्यक्ष शेर्पाले सी डिभिजनका क्लबलाई आफुसँग राख्न नसकेको गुनासो संस्थापनभित्रै छ । व्यहोरा उदण्ड देखिएपनि केन्द्रिय सदस्य दावा लामाले सी डिभिजनका क्लबलाई एकताबद्ध राखेर फुटबलको सत्ता राजनीतिमा आफुलाई बलियो रुपमा उभ्याएका छन् । नेतृत्वको आकंक्षी पंकजको बलियो खम्बा यिनै लामा देखिएका छन् ।

लामा नेतृत्वको प्लानिङ्ग ब्वाइज, खालीबारी युवा, मनोहरा एकिकृत, महाविर स्टडीज, विरगञ्ज, झापा, पुल्चोक, आरसी ३२ र स्वयम्बु पंकज समूहमा खुलेर लागेका छन् । आरसी ३२ यसै सिजन सी डिभिजनमा उक्लिएको हो । राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्दको नामको क्लबको नेतृत्व उनका दाजु रबिन चन्दले गर्छन् । 

समाजकल्याण सहित रानीवन, स्पोर्टस एकेडेमी साँगा, सानेपा र ओसिसको साथ संस्थापन समूहलाई छ । यसले सी डिभिजनमा पंकज समुह बलियो भएको देखाउँछ । स्पोर्टस एकेडेमी साँगा र रानीवन यसै सिजन सी डिभिजनमा उक्लिएका हुन् । कांभ्रेली क्लब स्पोर्टस एकेडेमीको प्रतिनिधि रुपेश अधिकारी हुन् । उनी एन्फाका केन्द्रिय सदस्य पनि हुन् । फुटबलमा राजनीतिक करियर बनाउन खोजिरहेका अधिकारी सीको प्रतिनिधि छनोटमा कठिन अवस्थामा छन् ।

सीमा बलियो देखिएका पंकज समूह बी डिभिजनमा समेत असन्तुष्ट क्लबको नेतृत्व गर्दैछ । सबैभन्दा रोचक बाँसबारी क्लबमा देखियो । मधुसुदन उपाध्यायको पेलानमा परेको समूह क्लबको नेतृत्वमा आएको छ । प्रेम थापा मताधिकार सहित अध्यक्षमा चुनिएका छन्, महासचिव रमेशकुमार कार्की प्रतिनिधि चयन भएका छन् । प्रेम थापाको आगमनले बी डिभिजनको दृष्य पृथक देखिन थालेको छ ।

नयाँ बस्ती सहित विरगञ्ज, झम्सिखेल, श्री भगवती र सामाजिक युवा क्लब संस्थापनविरुद्धमा छन् । जसको नेतृत्व स्वभाविक रुपमा पंकज समूहले गर्नेछ । तर ९ बढी क्लबमा संस्थापन पक्षको होल्ड छ । जसले गर्दा बहुमत प्रतिनिधि संस्थापन निकट आउने देखिन्छ । आरसीटी सहित एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहको मध्यपुर युथ, टुसाल, नयाँबस्ती, महासचिव इन्द्रमान तुलाधरले प्रभाव राख्ने खुमलटार, मानार्थ उपाध्यक्ष शिक्षित पराजुली नेतृत्वको सरस्वती, श्रीकुमारी र ब्वाइज युनियनमा संस्थापन पक्षको प्रभाव देखिन्छ । 

गत बिहीबारको चुनाव स्थगित भएसँगै दुवै समूह आन्तरिक छलफलमा छन् । संस्थापन पक्ष सीका केही क्लबमा खेल्न चाहन्छ, पंकज समूह बी डिभिजनको असन्तुष्टिलाई आफु अनुकुल ढाल्न प्रयासमा छ । प्रतिनिधि छनोटसँगै चुनावी खेल सकिने छैन, अनि बल्ल सुरु हुनेछ । प्रतिनिधिलाई असार ६ सम्म आफ्नो कित्तामा उभ्याउन नेतृत्वका आकांक्षीले सक्दो कोशिश गर्नेछन् । 
 

Bajaj Pulsar Motorcycle Ad
#एन्फा चुनाव

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

Bajaj Pulsar Motorcycle Ad
वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

वीरबहादुरलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक कार्यसमिति बैठक

स्पालेटी युभेन्ट्सको नयाँ प्रशिक्षक

स्पालेटी युभेन्ट्सको नयाँ प्रशिक्षक

ला लिगामा सबैभन्दा धेरै तलब पाउने एमबाप्पे, मेसीको पारिश्रमिक कति?

ला लिगामा सबैभन्दा धेरै तलब पाउने एमबाप्पे, मेसीको पारिश्रमिक कति?

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार