वेष्टर्न ओपन गल्फ भोलिबाट
मंगलबार, चैत १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता भोलि बुधबारबाट पोखरामा सुरु हुने भएको छ ।
हिमालयन गल्फ कोर्स पोखरामा हुने प्रतियोगितामा ३० प्रोफ्रेसनल र १५ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा भुवन नगरकोटी, संजय लामा,धन थापा, रामे मगर लगायतले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख ३५ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् ।
त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।
वेष्टर्न ओपन गल्फ भोलिबाट






-1761584666208.jpeg&w=3840&q=75)



-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



