बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

फेरि हुने छैन्, विश्वकपमा इटाली

शनिबार, चैत १२, २०७८खेलपाटी संवाददाता
फेरि हुने छैन्, विश्वकपमा इटाली
Classic Tech Internet Ad

काठमाडौं । त्यसै भनिएको होइन्, फुटबलको विश्वकप जित्न जति गाह्रो छ, उत्तिकै गाह्रो छ, यसमा छनोट हुन् । सजिलो हुन्थ्यो त, इटाली जत्तिको टिम विश्वकपमा छनोट हुन असफल हुने थिएन् । भर्खरै निश्चित भएको छ, यस वर्ष कतारमा हुने विश्वकपमा इटाली हुने छैन् । रुसमा भएको अघिल्लो विश्वकपमा पनि इटाली थिएन् । यसरी लगातार दुई संस्करणका विश्वकपमा इटाली नहुने भएको छ । यस्तोमा अबको विश्वकपमा इटालीले पस्कने जुन विशिष्ट खालको फुटलब छ, त्यो देखिन पाइने छैन् ।

इटालीको समर्थक हुन पनि पाइन्छ, नहुन पनि पाइन्छ । तर इटालीको विश्वकप जत्तिको प्रतियोगितामा अनुपस्थिति, सबैका लागि बिझाउने खालकै छ । नर्थ मेसेडोनियाविरुद्धको खेल गुमाएपछि इटालीले विश्वकप नखेल्ने निश्चित भएको हो । कसैले पनि सोचेका थिएनन्, इटालीको फुटबल यो स्थितिबाट गुज्रिने छ भनेर । हुन् पनि भर्खर जस्तै त हो, इटालीले युरो २०२० जितेको । त्यो युरो संस्करण जितेर इटालीले तहल्का नै मच्चाएको थियो । 

Image

अनि, सबैले भन्न सुरु गरेको थियो, इटाली रुसमा भएको विश्वकपमा छनोट नहुन संयोग मात्र थियो । तर अहिले पनि इटाली छनोट हुन सकेन् भने त्यो संयोग मात्र रहेन् । सायद इटालीको फुटबलमा केही कमजोरी छ । बरू हुन सक्छ, इटालीले युरो जित्नु संयोग थियो । युरो २०२० जित्दा इटालीका प्रशिक्षक रोबर्टो मानचिनी नायक जस्तै भएका थिए, जताततै उनको वाहवाही चलेको थियो । तर अहिले तिनै मानचिनी इटालीको फुटबलका लागि खलनायक सावित भएका छन् ।

युरो जिते लगतै इटालीले त्यस्तो फुटबल खेल्न सकेन्, जसले उसलाई विश्वकपको अन्तिम चरण पुर्‍याउन सक्थ्यो । मानचिनीले ठीक भनेका छन्, ‘जुलाई मै मात्र मेरो जीवनमा सबैभन्दा खुसीको क्षण आएको थियो, युरो जित्दा । अहिले मेरो खेल जीवनकै सबैभन्दा दुखद क्षण आएको छ । म निकै निराश छुं र आफ्ना खेलाडीको दु:ख हेर्न सकिरहेको छैन् । म वास्तवमै कति दु:खी छुं भने मेरो आफ्नै भविष्यलाई लिएर मैले केही पनि सोच्न सकिरहेको छैन् ।’

अहिले तत्कालका लागि मानचिनी इटालीको फुटबल टिमका प्रशिक्षक रहने छन् अथवा छैनन्, त्यसमै अनिश्चिता छ । इटालीको फुटबल संघका अध्यक्ष ग्याब्रिएल ग्राभिनाले मानचिनी प्रशिक्षक रहेकै राम्रो भनेका छन्, विश्वकप छनोट सम्भावना समाप्त भइसकेको स्थितिमा पनि । सायद मानचिनी आफैले यसलाई मान्ने छैनन् । उनका लागि इटालीको फुटबल टिम छाड्नु नै ठीक हुनेछ, किनभने उनी विश्वकप छनोटमा असफल भएकै हुन्, यो तथ्यलाई सबैले स्विकार्नै पर्छ ।

Euro 2020: Italy crowned champions after shootout win over England - CGTN

मानचिनी आफैले पनि इटालीको हारको सबै जिम्मेवारी लिएका छन् । उनले भनेको पनि ठीकै हो, जित्दा त्यसको श्रेय खेलाडीलाई । हार्दा त्यसको पूरा दोष प्रशिक्षकलाई । अनि दोष त इटालीको फुटबलमै पनि खोज्नु पर्छ, विशेषत: त्यहाँको घरेलु फुटबलमा । त्यसमाथि पनि विशेषत: सिरी ए मा । इटालीको यो माथिल्लो डिभिजन अब त्यस्तो रहेन्, जस्तो पहिले थियो । दुई मिलान क्लबदेखि युभेन्ट्सलाई अचेल युरोपेली क्लब फुटबलमा महाशक्ति मानिन्न ।

कुनै दिन थिए, इन्टर र एसी मिलान, अनि युभेन्ट्सले युरोपमा सनसनी मच्चाउने । अब यी सबै पुराना सम्झना भइसके । त्यही भएर त हो, यसपल्टको युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा कुनै पनि इटालीको टिम छैन् । इंग्लिस प्रिमियर लिग र स्पेनी ला लिगा अगाडि सिरी ए फिक्का सावित हुन थालेको छ । त्यसकै झल्को त हो, इटाली विश्वकपमा छनोट नहुनु । इटालीको फुटबलले अब वास्तवमै विश्लेषण गर्नु पर्छ, कुरा कहाँनिर वास्तवमै ठीक छैन् । 

Image

 

 

 

 

Bajaj Pulsar Motorcycle Ad
स्पेसल फिचर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

Bajaj Pulsar Motorcycle Ad
आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

नेपालको पहिलो जित

नेपालको पहिलो जित

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

नटराजन बने काठमान्डुका ‘आइकोनिक खेलाडी’

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

रोहनको २ गोलसँगै सलहेश फाइनलमा

नेपालले युएई भ्रमणमा चारवटै खेल  हार्‍यो

नेपालले युएई भ्रमणमा चारवटै खेल हार्‍यो

सडकमा उत्रिँदै फुटबल खेलाडी !

सडकमा उत्रिँदै फुटबल खेलाडी !

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत