• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ यु–१५ : समूह चरणमा बङ्गलादेश बलियो
नमीन ढकाल
मंगलबार, कात्तिक १३, २०७५ नमीन ढकाल
साफ यु–१५ : समूह चरणमा बङ्गलादेश बलियो

काठमाडौं । चौथो संस्करणको यू-१५ साफ च्याम्पियनसिप काठमाडौंमा चलिरहेको छ । आयोजक नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र भुटान गरी प्रतियोगितामा ६ राष्ट्र सहभागी छन् । अन्तिम समयमा आएर श्रीलङ्काले प्रतियोगिता नखेल्ने निर्णय गरेको थियो । गत विहिबार सुरु भएको प्रतियोगिताको समूह चरणका खेल सकिएका छन् ।

समूह चरणका खेल सकिदाँ दुई राष्ट्र अपराजित रहे । प्रतियोगितामा बलियो मानिएको बङ्गलादेश र पाकिस्तानले आफुलाई अपराजित राखे । बङ्गलादेश एक पटकको उपाधि विजेता समेत हो । उसले प्रतियोगितालाई लिएर विशेष तयारी गरेको थियो ।

प्रतियोगिताको अघिल्लो दिन बङ्गलादेशका प्रशिक्षक मुस्तोफा अन्वार पर्भेजले भनेका थिए, ‘हाम्रो मुख्य लक्ष्य भनेको पहिला सेमिफाइनल हो । आयोजक नेपाल र भारत प्रतियोगिता दाबेदार हो । तर हामी दुवै टिमलाई टक्कर दिएर उपाधि जित्ने कोशिश गर्छाै ।’

उपाधि दाबेदारको रुपमा मानिएका आयोजक नेपाल र भारत प्रतियोगिताको एक एक खेलमा मात्र जित निकाल्न सफल भए । भुटान र माल्दिभ्स एक गोल नगरी प्रतियोगिताबाट बाहिरिए । हेरौं यस प्रतियोगितामा सेमिफार्इनल पुगेका टाेलीकाे समूह चरणकाे प्रर्दशन । 

बङ्गलादेश :

बंङ्गलादेशले प्रतियोगिताको समूह चरणका खेलमा शतप्रतिशत जित हासिल गर्याे । उसले समूह चरणका दुबै खेल आफ्नो पक्षमा पार्याे । पहिलो खेलमा माल्दिभ्सलाई ९–० को गोल अन्तरले पराजित गरेको उसले दोस्रो खेलमा आयोजक नेपाललाई २–० गोल अन्तरले हरायो । पहिलो खेलमा बङ्गलादेशका निहत जमन उच्चासले ह्याट्रिक गरेको थिए । उनी प्रतियोगितका सर्वाधिक गोलकर्ता हुन् । उनको नाममा ४ गोल छ ।

त्यस्तै दोस्रो खेलमा उसले आयोजक नेपाललाई पराजित गर्याे । खेल सुरु भएको तेस्रो मिनेटमा उसले अग्रता बनाएको थियो । खेलको ३३ मिनेटमा बङ्गलादेशका गोलकिपर मितुल मर्मा नेपाली खेलाडीलाई डिबक्स भित्र फल गरेपछि रातो कार्ड खादैँ मैदान बाहिरिएका थिए । बाकी समय बङ्गलादेश १० खेलाडीमा सिमित रह्यो । त्यसपछि पनि उसले खेलमा आफ्नो प्रभुत्व राख्यो र खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगितमा बङ्गलादेशका इब्नि अहद र अशिकुर रहमान र रसेल अहमेदको नाममा दुई दुई गोल रहेको छ । यस प्रतियोगिता बङ्गलादेशलाई खेलाडीहरुको उचाईले पनि साथ दिएको छ । त्यसको प्रत्यक्ष फाईदा बंगलादेशलाई छ । दोस्रो खेलमा उसका तीन डिफेन्डर हेलाल अहमेद, रविउल अलाम र रस्तोम इस्लामले एयर बल मिस हुनै दिएनन् । बंगलादेश खेलाडी शारिरिक तथा प्राविधिक रुपमा बलियो देखिन सकिन्छ ।

पाकिस्तानः

साफ च्याम्पियनसिप प्रतियोगिताको दोस्रो अपराजित र सरप्राईज टोलि हो, पाकिस्तान । उसले प्रतियोगिताको समूह चरणको खेलमा शतप्रतिशत जित निकाल्यो । प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानले चिरपरिचित भारतलाई २–१ गोल अन्तरले पराजित गर्याे । उसले दोस्रो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित ग¥यो ।
प्रतियोगितामा एक मात्रै विदेशी प्रशिक्षक राख्ने टिम पाकिस्तान हो ।

उसलाई ब्राजिलियन रोबेर्टाे पोर्टेल्लाले प्रशिक्षण दिईरहेका छन् । पाकिस्तानी खेलाडी शारिरिक रुपमा पुरै फिट रहेका छन् । उसले पहिलो खेलमा भारतविरुद्ध आक्रामक खेल पस्केको थियो । एक हिसावले ब्राजिलियन प्रशिक्षकले प्रतियोगितामा आफ्नो रणनिती सफल बनाएका छन् । त्यस्तै उसले प्रतियोगिताको दोस्रो खेलमा भुटानविरुद्ध सजिलै जित निकालेको थियो । पहिलो हाफमै ४–० को अग्रता लिएको पाकिस्तानले दोस्रो हाफमा भने सोचेको प्रदर्शन गर्न सकेन ।


नेपाल :
यु–१५ साफ च्याम्पियनसिको आयोजक राष्ट्र हो नेपाल । आयोजकसँगै घरेलु समर्थकको हिसाबले आयोजकलाई सधै प्रतियोगिताको उपाधि विजेताको रुपमा हेरिन्छ । नेपाल साफ प्रतियोगिताको दुई पटकको उपविजेता समेत हो । प्रतियोगितामा नेपालले सोचेको जस्तो खेल्न सकिरहेको छैन । पहिलो खेलमा माल्दिभ्स विरुद्ध ४–० को जित निकाले पनि नेपाली खेलाडीले क्षमता अनुसारको प्रर्दशन गर्न सकेका छैनन् ।

सुरुवाती खेलमा नेपाली टिमले बारम्बार गोल गर्ने सुनौला अवसर चुकाएका थिए । माल्दिभ्सविरुद्ध नेपाली खेलाडी टिम गेम खेल्न बिर्सिएका छन् । नेपालको पहिलो दिनको खेलको रक्षापंक्ति र अग्रपंक्तिले खासै गतिलो खेल्न सकेको थिएन । रक्षापंक्तिमा सामान्य गल्ती धेरै पटक दोहरिएको थियो । अग्रपंक्तिमा खेलाडी टिम गेम भन्दा ब्यक्ति विशेषमा केन्द्रित रहेका थिए ।

दोस्रो खेलमा बङ्गलादेशविरुद्ध नेपाली टिम समालिन सकेन । बंगलादेशले दुवै गोल नेपाली टिम समालिन नपाउदै गरेको थियो । पहिलो गोल खेल सुरु भएको तेस्रो मिनेटमै गरेको बंगलादेशले दोस्राे गोल दोसो हाफको पहिलो मिनेटमै गरेको थियो । पहिलो हाफको ३३ औँ मिनेटमा बङ्गलादेश १० खेलाडीमा सिमित भएपनि नेपाल खेलमा फर्किन सकेन । बंगलादेशविरुद्व नेपाली टिम डिफेन्स र अग्रपंक्तिमा चुकेको थियो । खेलपछि नेपाली टिमका प्रशिक्षक सनोज श्रेष्ठले सेमिफाईनलमा समुह चरणको गल्ती नदोहरिने बताएका थिए ।

भारतः
साफ यु–१५ चौथो संस्करणमा आइपुग्दा दुई पटकको विजेता राष्ट्र हो भारत । तर भातरले यसपटक भने राम्रो खेल्न सकेको छैन । प्रतियोगिताको बलियो भारत पहिलो खेलमै पाकिस्तानसंग हार्न पुगेको थियो । पहिलो खेलमा भारतको कुनै पक्षपनि सवल देखिएन । मुख्य रुपमा भारतीय टिम पहिलो खेलमा आउन्टर खेलमा चुक्न पुग्यो ।
त्यस्तै दोस्रो खेलमा भारतले भुटानमाथि ४–० को जित दर्ता गर्याे ।

उसले सेमिफाइनल सम्मको यात्रा गर्न धेरै दुख भोग्नुपर्यो । भुटानविरुद्ध पनि उसले खासै राम्रो खेल पस्किन सकेन । भुटानविरुद्ध उसले गोल गर्न धेरै संघर्ष गर्नुपरेको थियो । पहिलो हाफमा उसले जम्मा एक गोल गर्न सकेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP