काठमाडौं । थाईल्याण्डमा जारी एएफसी यू -१९ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले फराकिलो जित निकाल्यो । आइतबार नेपालले पाकिस्तानलाई ९–० गोल अन्तरले हराएको हो ।
थाईल्याण्डको चोनबरी रंगशालामा नेपालकाे फराकिलाे जितमा निशा थाेकरले ह्याट्रिक गरिन् । जितसंगै नेपाल प्रतियोगिताको दोस्रो चरणमा प्रवेशमा पुगेको छ ।
नेपालको जित कस्तो रह्यो ? तस्बिरमा हेर्नुहोस् -
तस्बिर : एनएसजेएफ













