काठमाडौं । एएफसी अन्डर १९ छनोट च्याम्पियनसिपको समुह चरणको अन्तिम खेलमा नेपालले अहिले पाकिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
थाईल्याण्डको चोनबरी रंगशालामा पहिलो हाफको खेल सकिदाँ नेपालले ३–० को अग्रता लिएको छ ।
खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो । सम्झना लावतीले ३२ औ मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । ३८ औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गरिन् ।
नेपाल च्याम्पियनसिपको दोस्रो चरण प्रवेशको नजिक छ । अघिल्लो खेलमा दुई गोल गरेकी रेखा पौडेललाई प्रशिक्षक हरि ओम श्रेष्ठले आज खेलाएका छैनन् । उनको स्थानमा एलिसा जिम्बालाई मैदान उतारेका छन् ।
पाकिस्तान विरुद्ध नेपालको पहिलो एधार
गाेलकिपर : अन्जना राना मगर
डिफेन्डर :विमला वि क,निशा थोकर, पुजा राना, रोजिना श्रेष्ठ,
मिडफिल्डर : सरु लिम्बु , सम्झना लावती, मनिषा राउत,मञ्जली योञ्जन,
स्ट्राइकर : एलिसा जिम्बा, रस्मि कुमारी घिसिङ