काठमाडौं । एएफसी अन्डर १९ च्याम्पियनसिप फुटबलमा नेपालले अहिले पाकिस्तानसंग प्रतिस्पर्धा गरिरहेकाे छ । चोनबरी स्टेडियममा दाेस्राे मिनेटमै नेपालले अग्रता लिएकाे छ । नेपालका लागि मञ्जली याेञ्जनले गाेल गरेकी छिन् ।
समुह चरणको खेलमा भारतलाई पराजित गरेको नेपालको छनोटको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो छ । भारत र थाईल्याण्डले पाकिस्तानमाथि गरेको गोल बर्षाले नेपाललाई समेत आजको खेल सहज हुने अपेक्षा गर्न सकिन्छ ।
समुहमा थाईल्याण्ड, भारत र नेपालको समान ३ अंक छ । पाकिस्तान भने अंक विहिन छ । समुहको शीर्ष टोली सिधै दोस्रो चरणमा छनोट हुनेछ । समुहमा दोस्रो बन्ने टोलीले उत्कृष्ट उपविजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्ने सम्भावना रहन्छ । नेपाल त्यही उत्कृष्ट उपविजेता बन्ने दाउमा छ ।
पहिलो खेलमा थाईल्याण्डसंग हारको नेपालले भारतलाई पराजित गर्दै छनोटमा उत्कृष्ट पुनरागमन गरेको थियो । प्रतियोगिता अर्को बर्ष थाईल्याण्डमा हुदैछ । नेपाली टिमकाे कप्तानी सरु लिम्बुले गरेकी छिन् । अाजकाे खेलमा रेखा पाैडेल भने पहिलाे एधारमा हुने छिनन् ।
पाकिस्तान विरुद्ध नेपालको पहिलो एधार
गाेलकिपर : अन्जना राना मगर
डिफेन्डर : विमला वि क,निशा थोकर, पुजा राना, रोजिना श्रेष्ठ,
मिडफिल्डर : सरु लिम्बु , सम्झना लावती, मनिषा राउत,मञ्जली योञ्जन,
स्ट्राइकर : एलिसा जिम्बा, रस्मि कुमारी घिसिङ