काठमाडौं । एएफसी अन्डर १९ च्याम्पियनसिप फुटबलमा नेपालले अहिले पाकिस्तानसंग प्रतिस्पर्धा गरिरहेको छ । चोनबरी स्टेडियममा दुई देशबीचको खेल सुरु भएको छ ।
समुह चरणको खेलमा भारतलाई पराजित गरेको नेपालको छनोटको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो छ । भारत र थाईल्याण्डले पाकिस्तानमाथि गरेको गोल बर्षाले नेपाललाई समेत आजको खेल सहज हुने अपेक्षा गर्न सकिन्छ ।