एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज राति तीन खेल हुदैछ । पहिलो खेलमा चेल्सीले बर्नलीसंग प्रतिस्पर्धा गर्नेछ । अंक तालिको तेस्रो स्थानमा रहेको चेल्सीले बर्नलीलाई पराजित गर्दै लिग उपाधिमा पेश गरेको चुनौतीलाई निरन्तरता दिन चाहन्छ ।
९ खेलबाट २१ अंकका सहित चेल्सी तेस्रो स्थानमा छ । बर्नली ८ अंक सहित १४ औँ स्थानमा छ । खेल नेपाली असय अनुसार सवाँ ७ बजे सुरु हुनेछ ।
अर्को खेलमा लण्डन क्लब आर्सनलले क्रिस्टल प्यालेससंग खेल्नेछ । लण्डन क्लब अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा छ, क्रिस्टल प्यालेस घरेलु मैदानमा अप्रत्यासित जित निकाल्ने दाउमा ।
आर्सनल २१ अंक सहित तालिकाको चौथो स्थानमा छ । खेल सवाँ ७ बजे सुरु हुनेछ ।
अर्को ठुलो खेलमा ओल्डट्राफोर्ड क्लब म्यान्चेष्टर युनाईटेडले एभर्टनलाई आतिथ्यता प्रदान गर्नेछ । लगातारको खराब नतिजाले म्यान यु प्रशिक्षक जोसे माउरिन्हो तनावमा छन् । म्यान युलाई खराब लयबाट बाहिर निस्कन एभर्टनविरुद्धको जित आवश्यक छ ।