एजेन्सी । इन्ग्लिश क्लब लेष्टर सिटीका मालिक तथा थाइल्याण्डका धनाढ्य भिन्ची श्रीबन्दनाप्रभाको निजि हेलिकप्टर दुर्घटनामा परेको छ । घरेलु मैदान किंग्स पावरको कार पार्किङ्ग उनको हेलिकप्टर दुर्घटना भएको बताईएको छ ।
यस्तै दुर्घटनामा भिन्ची परेको वा नपरेको अज्ञात रहेको बिबीसीले जनाएको छ । शनिबार राति घरेलु मैदानमा वेष्ट ह्यामविरुद्धको खेल हेर्न भिन्ची किंग्स पावर आएको बताईएको छ । उक्त खेल १ - १ गोलको बराबरीमा सकिएको थियो ।
