प्रशिक्षक भट्ट सीएभीएको प्रशिक्षण कमिटीमा
सोमबार, फागुन ९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । भलिबल प्रशिक्षक जगदिश भट्ट सेन्ट्रल एसियन भलिबल एसोसियसन (सीएभीए) को विकास तथा प्रशिक्षण कमिटीको सदस्यमा नियुक्त भएका छन् ।
गत फेब्रुअरी ७ मा बसेको सीएभीएको बोर्ड बैठकले प्रशिक्षक भट्टलाई विकास तथा प्रशिक्षण कमिटीको सदस्य नियुक्त गरेको हो ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक समेत रहेका भट्टको कार्यकाल २०२० देखि २०२३ सम्म रहेको सीएभीएले जनाएको छ ।
सीएभीएले प्रशिक्षक भट्टलाई नियुक्ति पत्र समेत पठाएको छ ।
प्रशिक्षक भट्टको नेतृत्वमा महिला टोलीले गत पुसमा बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि जितेका थिए ।
ढाकामा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

प्रशिक्षक भट्ट सीएभीएको प्रशिक्षण कमिटीमा










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


