सिस्तिपास र स्वेटेक सेमिफाइनलमा
बुधबार, माघ १२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । ग्रीसका स्टेफानोस सित्सिपास अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा बुधबार इटालीका जानिक सिनरलाई हराउँदै सित्सिपासले अन्तिम चारमा स्थान बनाएका हुन् ।
चौंथो वरीयताका सित्सिपासले ११ औं वरीयताका सिनरलाई ६-३,६-४ र ६-२ ले पराजित गरे ।
सित्सिपास तेस्रो पटक अस्ट्रेलियन ओपनको अन्तिम चारमा पुगेका हुन् ।
अब सित्सिपासले डानिल मेदभेदेब र फेलिक्स अगरबीचको विजेतासँग खेल्ने छन् ।
महिलातर्फ पोल्याण्डकी इगा स्वेटेकले अन्तिम चारमा स्थान बनाएकी छिन् ।
सातौं वरीयताकी इगाले किया कानेपीलाई पराजित गरिन् ।
सिस्तिपास र स्वेटेक सेमिफाइनलमा






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


