हालेप अष्ट्रेलियन ओपनबाट बाहिर
सोमबार, माघ १०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । दुई पटककी ग्रान्डस्लाम विजेता सिमोना हालेप अष्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छन् ।
फ्रान्सकी अलिजे कोर्नेटसँग पराजित हुदै हालेप प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
कोर्नेटले हालेपलाई ६–४, ३–६ र ६–३ को सेटमा पराजित गरिन् ।
कोर्नेट पहिलो पटक कुनै पनि मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।
यता १४ औ वरीयताकी रोमानियन खेलाडी हालेपले सन् २०२२ मा अघिल्ला सबै आठ खेलमा विजयी भएकी थिईन् ।
हालेप सन् २०१८ मा अष्ट्रेलियन ओपनको फाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।
कोर्नेटले अब सेमिफाइनलका लागि अमेरिकाकी डानियले कालिन्सविरुद्ध खेल्नेछिन् ।
#सिमोना हालेप






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


