नाडाल क्वाटरफाइनलमा
आइतबार, माघ ९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस टेनिस खेलाडी राफायल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
मेलबर्नमा आइतबार भएको चौंथो चरणमा फ्रान्सका एड्रियन मान्नारिनोलाई हराएर नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।
पाँचौं वरीयताका नाडालले एड्रियनमाथि ७-६९(१६-१४),६-२ र ६-२ को सेटमा पराजित गरे ।
नाडाल १४ औं पटक अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा पुगेका हुन् ।
नाडाल अष्ट्रेलियन ओपनमा एक पटकको च्याम्पियन हुन् ।
२० पटकको ग्रान्डस्लाम विजेता नाडालले २००९ मा उपाधि जितेका थिए ।
नाडालले क्वाटरफाइनलमा डेनिस सापोभालोभसँग खेल्ने छन् ।
डेनिसले एलेक्सजेण्डर जेभरेभलाई ६-३, ७-६ (७-५) र ६-३ ले हराए ।
नाडाल क्वाटरफाइनलमा






1686853912-1760864621059.avif&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


