अजारेन्का अन्तिम १६ मा
शुक्रबार, माघ ७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । दुई पटककी विजेता भिक्टोरिया अजारेन्का अष्ट्रेलियन ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।
बेलारुसकी अजारेन्काले युक्रेनकी इलिना भिटोलिनालाई सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेकी हुन् ।
२५ औं वरीयताकी अजारेन्का सन् २०१६ पछि पहिलो पटक अन्तिम १६ मा प्रवेश गरिन् ।
सन् २०१२ र २०१३ की च्याम्पियन अजारेन्काले १५ औं वरीयताकी भिटोलिनालाई ६–० र ६–० को सेटमा पराजित गरिन् ।
अजारेन्काले अब फ्रेन्च ओपनकी विजेता बारबोरा क्रेचसिकोभाविरुद्ध खेल्नेछिन् ।
चौथों वरीयताकी क्रेचसिकोभाले लाटभियाकी जेलेना ओस्टापेन्कोलाई २–६, ६–४ र ६–४ को सेटमा पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरिन् ।
#अष्ट्रेलियन ओपन






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

