मुगुरुजा पराजित
बिहिबार, माघ ६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फका शीर्ष वरियताका दुई खेलाडीले पराजय भोगेका छन् ।
तेस्रो वरियताकी गार्विन मुगुरुजा तथा छैठौं वरियताकी एनेट कोन्टाभेटले पराजय भोगेका हुन् ।
स्पेनकी मुगुरुजाले फ्रान्सकी भेटेरान खेलाडी अलिजे कर्नेटविरुद्धको खेलमा पराजय भोगेकी हुन् ।
अर्नेटले सन् २०२० की उपविजेता मुगुरुजालाई ६–३ र ६–३ को सेटमा पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेकी छन् ।
यता डेनमार्ककी क्लारा टाउसनले कोन्टाभेटलाई पराजित गर्न सफल भईन् ।
टाउसनले कोन्टाभेटलाई ६–२ र ६–४ को सेटमा स्तब्ध तुल्याइन् ।
३९ औं वरियताकी १९ वर्षीया टाउसन पहिलो पटक कुनै पनि ग्रान्डस्लामको तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।
#अष्ट्रेलियन ओपन






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

