ओसाका, नाडालको विजयी सुरुआत
सोमबार, माघ ३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत जित हात पारेकी छन् ।
जापानी खेलाडी ओसाकाले कोलम्वियाकी कामिला ओसोरियोलाई २–० को सोझो सेटमा पराजित गरिन् ।
ओसाकाले ओसोरियोलाई ६–३ र ६–३ को सेटमा पराजित गरिन् ।
चार पटककी ग्रान्डस्लाम विजेता ओसाकाले अब माडिसोनी ब्रेन्गलको सामना गर्नेछिन् ।
यता पुरुषतर्फ राफायल नाडालले पनि जित दर्ता गरेका छन् ।
२१ औ ग्रान्डस्लामको उपाधि जित्ने दाउमा रहेका नाडालले मार्कोस जिरोनलाई ३–० को सोझो सेटमा पराजित गरे ।
नाडालले जिरोनविरुद्धको खेल ६–१, ६–४ र ६–२ ले जिते ।
#अष्ट्रेलियन ओपन






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

