जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न नपाउने
आइतबार, माघ २, २०७८खेलपाटी संवाददाता

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन खेल्न नपाउने निश्चित भएको छ ।
कोरोना भाइरसविरुद्धको खोप नलगाएका सर्वियाका जोकोभिचले अष्ट्रेलियामा बस्न पाउने मुद्दा हारेपछि उनको अष्ट्रेलियन ओपन खेल्ने सम्भावनाको अन्त्य भएको हो ।
अष्ट्रेलियाको संघीय अदालतले अष्ट्रेलिया सरकारको जोकोभिचको भिषा रद्द गर्ने निर्णयलाई सदर गरेको छ ।
अष्ट्रेलियाको सरकारले ३४ वर्षीय जोकोभिच सार्वजनिक स्वास्थ्यका लागि खतरा भएको तर्क गरेको थियो ।
जोकोभिचले सोमबार पहिलो खेल खेल्ने तालिका रहेको थियो ।
जोकोभिच अहिले मेलवर्नस्थित अध्यागमन हिरासत होटेलमा रहेका छन् र उनलाई डिपोर्ट गरिने जनाइएको छ ।
यस अघि पनि उनको भिषा रद्द गरिएको थियो तर उनले पहिलो पटक उक्त मुद्दा जितेका थिए ।
#नोभाक जोकोभिच






1686853912-1760864621059.avif&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

