एपीएफलाई टाइगर कपको उपाधि
शनिबार, माघ १, २०७८खेलपाटी संवाददाता

पोखरा । विभागीय टिम एपीएफ क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा एपीएफले आर्मीलाई २५-२३, २५-१५ र २५-२० को सेटमा हराएको हो ।
एपीएफले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो ।
उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको पुरुषको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी र हेल्प नेपालबीचको फाइनल खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।
एपीएफलाई टाइगर कपको उपाधि










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


