सेन्ट्रल एसियन भलिबल संघका अध्यक्ष नेपाल आउने
मंगलबार, पुष २७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (सीएभीए) का अध्यक्ष मोहमद लथिफ नेपाल आउने भएका छन् ।
नेपाल भलिबल संघले मंगलबार अध्यक्ष लथिफ नेपाल आउने जानकारी गराएको छ ।
माल्दिभ्सका लथिफ पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको अवसर पारेर नेपाल आउन लागेका हुन् ।
भलिबल संघले अध्यक्ष लथिफ जनवरी १५ मा हुने टाइगर कपको फाइनल अघि नेपाल आउने जनाएको छ ।
यस्तै संघले जनवरी १४ मा लथिफले सञ्चारकर्मीसँग भेटघाट गर्ने जनाएको छ ।
लथिफ माल्दिभ्स भलिबल संघका पूर्व अध्यक्ष समेत हुन् ।
सेन्ट्रल एसियन भलिबल संघका अध्यक्ष नेपाल आउने










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


