मोराटा अनुबन्ध गर्ने बार्सिलोनाको तयारी
२०२१ डिसेम्बर ३०, बिहिबारखेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले फरवार्ड अल्भारो मोराटालाई अनुबन्ध गर्ने तयारी गरेको छ ।
बार्सिलोनाले इटालियन क्लब युभेन्ट्सबाट मोराटालाई लोनमा अनुबन्ध गर्ने योजना बनाएको हो ।
स्पेनिस फरवार्डलाई बार्सिलोनाले जनवरी ट्रान्सफरमा क्लब भित्र्याउन चाहेको हो ।
मुख्य प्रशिक्षक जाभीले हालै म्यानचेस्टर सिटीबाट फेरान टोरेसलाई अनुबन्ध गरेका थिए ।
टोरेसपछि जाभीको नजरमा मोराटा रहेको बताईएको छ ।
मोराटा अनुबन्ध गर्ने बार्सिलोनाको तयारी