निजगढ। १७ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीमा निजगढका समीर कुमर समावेश भकाए छन्।
श्रीलंकामा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि घोषित नेपाली टोलीमा निजगढ युवा क्लबका उत्पादन समीर कुमार समावेश भएका हुन्।
नेपाली टोली छनोटको लागि अखिल नेपाल फुटबल संघ एन्फाले देशव्यापी रूपमा सञ्चालन गरेको खुल्ला छनोटमार्फत समीर छनोट भएका हुन्। निजगढमा रहेका क्लबहरुले निरन्तर सञ्चालन गरिरहेको प्रशिक्षणका कारण विभिन्न उमेर समूहसहित सिनियर राष्ट्रिय फुटबल टोलिमा निजगढका खेलाडीहरू निरन्तर समावेश हुँदै गइरहेको मधेस प्रदेश फुटबल संघका सदस्य तथा बारा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष राजकिशोर धामीले बताए।
समीर हाल विभागीय टोली नेपाल पुलिस क्लबबाट एन्फा यु–१६ युथ लिग खेलिरहेका छन्। आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा सन्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा सेप्टेम्बर १५ मा नेपालले आयोजक श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
दक्षिण एसियामा ७ वटा देशले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा आयोजक श्रीलंका र बंगलादेशसम्मिलित समूह ए मा नेपाल छ। अर्को समूहमा भारत,पाकिस्तान,माल्दिभ्स र भुटान छन्।