काठमाडौं। काठमाडौं स्पाईकर्सले एभरेस्ट महिला भलिबल लिगमा पहिलो जित दर्ता गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको खेलमा काठमाडौंले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको हो।
काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए। मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो।
पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३–२५ ले मधेशलाई सुम्पियो।
तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो। काठमाडौंले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो।