घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरेलु फुटबलका सबैखाले गतिविधि तत्कालका लागि स्थगित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन र यु–१६ लिगको विषयमा छलफल गर्न बैठक बोलाएको थियो।
बैठकमा उपस्थित पूर्वअध्यक्ष एवम् हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले अहिले सबै गतिविधि स्थगित गरिएको एन्फाले जानकारी दिएको बताए। उनले भने,‘मेसेज गरेर यो बैठकलगायत फुटबलका सबै गतिविधि अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको भनेर जानकारी दिएको छ। यो अनौपचारिक रह्यो। आधिकारिक रूपमा बेलुकासम्म पत्र आउला।’
बैठकमा एन्फाबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधर, सहायक महासचिव बद्री भट्टराई तथा केन्द्रीय सदस्यद्धय पुरुषोत्तम थापा र विकासनारायण श्रेष्ठको उपस्थिति रहेको थियो। मंगलबार ‘ए’ डिभिजन क्लबको छुट्टै बैठक बस्ने पनि तय छ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

